चलचित्र ‘पेन्सन पट्टा’को छायाङ्कन सुरु
काठमाडौँ । चलचित्र ‘पेन्सन पट्टा’को छायाङ्कन सुरु भएको छ । कास्कीको ताङतिङ गाउँबाट शुभ–मुहूर्तसहित बिहीबारदेखि चलचित्रको छायाङ्कन सुरु गरिएको हो ।
चलचित्रका निर्देशक र निर्माता कलाकार माओत्से गुरुङ हुन् । चलचित्र ३५ दिनसम्म कास्कीका विभिन्न ठाउँहरूमा खिचिनेछ । चलचित्रमा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली राई लगायतका कालाकारको अभिनय रहनेछ । चलचित्र भूतपूर्व लाहुरेको कथामा बन्न लागेको निर्देशक गुरुङले बताए ।
माओत्से गुरुङ फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रको कथा पनि निर्देशक गुरुङले नै लेखेका हुन् । मीन कोन्मे गुरुङ (सिकलेस), भोज बहादुर गुरुङ (युके) र सपना गुरुङको लगानी रहने चलचित्र सुशन प्रजापतिले खिच्नेछन् । चलचित्रमा संगीत झुमा लिम्बु, मनोज थापा मगर र शिव बराइलीको रहनेछ ।
माओत्सेले यसअघि ‘दयारानी’ निर्देशन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा भेला गर्दै देउवा समूह
-
विद्यार्थी सङ्गठनका संरचना हटाउन त्रिविको निर्देशन
-
पूर्वमन्त्री गुप्तासहितको भ्रष्टाचार मुद्दा ‘हेर्न नभ्याउने’ सूचीमा राखियो
-
निर्धारित समयमा मन्त्रालयहरूले गर्न सकेनन् ओएण्डएम, गुपचुप थपियो समय
-
कम्पनी तथा उद्योग दर्ताको विवरण अब ‘रियल टाइम’ मै हेर्न सकिने
-
दक्षिण कोरियाका मुख्य प्रशिक्षकद्वारा राजीनामा, ज्यान मार्ने धम्कीपछि उच्च सुरक्षा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण