'फागुन २१ गते सकारात्मक परिवर्तन ल्याउन सक्ने व्यक्तिलाई मतदान गर्नुहोस्'
पाटन (ललितपुर) । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जनता र मुलुकको पक्षमा काम गर्ने र सकारात्मक परिवर्तन ल्याउनसक्ने व्यक्तिलाई मतदान गर्न सबैलाई आग्रह गरेका छन् ।
ललितपुरको इमाडोलस्थित युरो किड्स विद्यालयद्वारा आज आयोजित अभिभावक दिवसमा मन्त्री खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्दा सकारात्मक परिवर्तन ल्याउनसक्ने नेतृत्व छनोट गर्नुपर्नेमा जोड दिए । 'युवा देश छोडेर बिदेसिनुपर्ने अवस्थाको अन्त्यका लागि नेतृत्व छनोटमा आमनागरिक सचेत हुनुपर्छ । सकारात्मक परिवर्तन गर्नसक्ने नेतृत्वले मुलुकभित्र शिक्षा, स्वास्थ्य, रोजगारीलगायत क्षेत्रमा जनहित अनुसार काम गर्न सक्छ,' उनले भने ।
परिवार छोडेर बिदेसिनुपर्ने पीडादायी वर्तमान अवस्थालाई चिर्न अबको पुस्ताले स्वदेशमा बसेर काम गर्नसक्ने वातावरण बनाउनुपर्नेमा मन्त्री खरेलले जोड दिए । 'यसका लागि सचेत भएर योग्य र सक्षम नेतृत्व चयन गरौँ । सधैँ अरुलाई दोष लगाएर हुँदैन, काम नगर्नेलाई तिरस्कार गरौँ । वर्तमान सरकारको पहिलो प्राथमिकता तोकिएको समयमा निर्वाचन गराउनु हो, तपाईंहरूले सही नेतृत्व चयन गर्नुहोला,' उनले भने ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग र आधुनिकताले नातिनातिना र हजुरबुबा हजुरआमाबीचको सम्बन्ध टुट्दै गएकाले सामिप्यता र आत्मियता हराउँदै गएको धारणा राखे । 'समाजले संयुक्त परिवारबाट एकात्मकतातिर बढावा दिँदै गएको छ, यसले हाम्रो संस्कार, संस्कृति र सभ्यतामाथि प्रहार हुँदै गएको छ,' उनले भने ।
मन्त्री खरेलले नयाँ पुस्ता र ससाना नानीबाबुलाई राम्रो सभ्यता र संस्कार सिकाउन विद्यालयले पनि जोड दिनुपर्ने बताए । उनले असल संस्कारले असल नागरिक बनाउने भन्दै असल नागरिकले समाज र मुलुकलाई सफल बनाउने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ
-
नेकपा कोशीले बनायो १ हजार ४९९ सदस्यीय समिति, प्रचण्डले गराए शपथ
-
उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न
-
लागुऔषधविरुद्ध झापा प्रहरीको ‘स्वीप अपरेसन’
-
यी हुन् रास्वपाका निर्वाचित ७ पदाधिकारी र ९९ केन्द्रीय सदस्य (सूचीसहित)
-
१० बजे १० समाचार : भद्रगोल व्यवस्थापनकैबिच सकियाे रास्वपा महाधिवेशन, विवाद मिलाउन नेता फेरिएको फेरियै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण