जेन-जी फ्रन्टद्वारा १३ जनाको सल्लाहकार परिषद् गठन, मिलन पाण्डे पनि समेटिए
सारांश
- नेपाल जेन-जी फ्रन्टले १३ सदस्यीय सल्लाहकार परिषद् गठन गरेको छ।
- परिषद्मा मिलन पाण्डेसहित विभिन्न क्षेत्रका १३ जना अगुवा व्यक्तिहरू रहेका छन्।
- फ्रन्टले सरकारसँगको सम्झौता कार्यान्वयन र निर्वाचन समयमै हुनुपर्नेमा जोड दिएको छ।
काठमाडौँ । 'नेपाल जेन-जी फ्रन्ट'ले १३ सदस्यीय सल्लाहकार परिषद् गठन गरेको छ । आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै फ्रन्टले विभिन्न क्षेत्रका अगुवा एवं परिवर्तनकारी व्यक्तित्वहरूलाई समेटेर सल्लाहकार परिषद् घोषणा गरेको हो ।
नयाँ गठित सल्लाहकार परिषद्मा विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष मिलन पाण्डेसहित डा. रामजी राम, आशुतोष तिवारी, र प्रगति राई लगायत १३ जना रहेका छन् । परिषद्का अन्य सदस्यहरूमा साधना राई, डा. मीना पौडेल, रमेश पौड्याल, प्रमेश श्रेष्ठ, दिव्येश गिरि, सस्मित पोखरेल, सरोज गौतम, नवीन प्राचीन र अनन्त अर्याल रहेका छन् ।
फ्रन्टले आफ्नो आन्दोलन र विद्रोहपछि नेपाल सरकारसँग भएको सम्झौताको पूर्ण परिपालना र कार्यान्वयनका लागि खबरदारी गर्न यो परिषद् गठन गरिएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, 'देशलाई लोकतान्त्रिक र शान्तिपूर्ण तरिकाले सफल अवतरण गराउन सरकार र जेन-जी बीच भएको सम्झौताको पूर्ण कार्यान्वयन र आसन्न प्रतिनिधि सभाको निर्वाचन समयमै हुनु अपरिहार्य छ ।'
अन्तरिम नागरिक सरकारलाई सम्झौता कार्यान्वयनका लागि सजग गराउँदै फ्रन्टले आगामी जननिर्वाचित संसद् र सरकारले पनि जेन-जी विद्रोहको मर्म आत्मसात् गरोस् भन्ने हेतुले विभिन्न बहुपक्षीय संवाद र जनजागरणका कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिएको छ ।
आफ्ना कार्यहरूलाई अझ सुदृढ, सार्थक र प्रभावकारी बनाउन अनुभवी र परिवर्तनकारी अग्रजहरूलाई सल्लाहकारको रूपमा जोडिएको फ्रन्टले उल्लेख गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण