रविलाई स्वागत गर्न बाजागाजासहित पार्टी कार्यालय पुगे रास्वपाका कार्यकर्ता, तस्बिरहरु
सारांश
- रवि लामिछाने आज पार्टी कार्यालय फर्किने भएपछि समर्थकहरूले स्वागतको तयारी गरेका छन्।
- २६० दिनपछि लामिछाने पार्टी कार्यालय जाँदैछन्, जहाँ केन्द्रीय समिति बैठक बस्नेछ।
- लामिछाने २०८१ कात्तिक २ गते पक्राउ परेका थिए र चैत २२ गते पुनः पक्राउ परेका थिए।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पार्टी कार्यालय फर्कने भएसँगै उनका समर्थक र कार्यकर्ता बनस्थलीस्थित पार्टी कार्यालयमा स्वागतको तयारीसहित उपस्थित भएका छन्। बाजागाजा र नाचगानसहित लामिछानेको स्वागत गर्ने तयारी भइरहेको छ।
२ सय ६० दिनको कारागार बसाइपछि लामिछाने पछिल्लो पटक २०८१ चैत १८ गते पार्टी कार्यालय पुगेका थिए। त्यसपछि उनी आज पुनः पार्टी कार्यालय जाँदै छन्। लामिछाने पार्टी कार्यालय पुगेलगत्तै रास्वपाको केन्द्रीय समिति बैठक बस्नेछ। बैठकलाई लामिछानेले सभापतिका रूपमा सम्बोधन गर्ने छन्। बैठकपछि पार्टी कार्यालयमा पुगेका शुभेच्छुकलाई उनले छोटो सम्बोधन गर्ने जनाइएको छ।
लामिछाने पहिलो पटक २०८१ कात्तिक २ गते रास्वपाको केन्द्रीय पार्टी कार्यालय बनस्थलीबाट पक्राउ परेका थिए। पोखरा, काठमाडौँ, रुपन्देही र चितवनमा गरी ८४ दिन हिरासत बसाइपछि उनी पार्टी कार्यालय फर्किएका थिए। चैत १८ गतेको केन्द्रीय समिति बैठकमा सहभागी भएका लामिछाने त्यसपछि पार्टी कार्यालय जान पाएका थिएनन्।
उनी चैत २२ गते उच्च अदालत तुलसीपुरको आदेशसँगै बुढानिलकण्ठस्थित निवासबाट पुनः पक्राउ परेका थिए। त्यसपछि उनलाई कारागार चलान गरिएको थियो।









_2_71C9CbGrDw.jpg)
_1_Y7oFCPUWlY.jpg)


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चलाई बालेनको जवाफ : महान्यायाधिवक्ता नियुक्तिमा मेरो ‘कार्यकारी विशेषाधिकार’ छ, कँडेल योग्य छन्
-
बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने अर्थमन्त्रीकाे आश्वासन
-
इरान युद्धपछि पहिलो पटक भेट्दै ट्रम्प र नेतन्याहू, आणविक कार्यक्रमदेखि गाजा र लेबनानसम्म छलफल हुने
-
९२ वर्षमा पनि थाकेका छैनन् हातहरू : तीन पुस्ताको प्रसूति गराउने डाक्टर
-
गगन थापाको घोषणा कार्यान्वयन नहुँदै अस्ताए गोपालमान
-
फिल्म ‘फलानो ढिस्कानो’ निर्माण हुने, मुख्य भूमिकामा साइग्रेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण