बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
अपडेट

जसपा, जनमत र स्वतन्त्र सांसदले गरे पुनर्स्थापनाका लागि हस्ताक्षर

सोमबार, ०७ पुस २०८२, १५ : १३
सोमबार, ०७ पुस २०८२

सारांश

  • अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको लागि हस्ताक्षर गरे।
  • उनीहरूले कांग्रेसका सांसदहरूले हस्ताक्षर गरिरहेको ठाउँमा पुगेर हस्ताक्षर गरेका थिए।
  • हस्ताक्षर गर्ने सांसदको सङ्ख्या १४३ पुग्यो, जसमा एमाले, कांग्रेस र अन्य समावेश छन्।

काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले पनि हस्ताक्षर गरेका छन् । उनीहरूले प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसका सांसदहरूले हस्ताक्षर गरिरहेको स्थानमा पुगेर हस्ताक्षर गरेका हुन् । 

कांग्रेसको संसदीय दल स्रोतका अनुसार उनीहरू सिंहदरबारस्थित कांग्रेस संसदीय दलमा पुगेर हस्ताक्षर गरेका हुन् । हस्ताक्षर गर्नेमा जनता समाजवादी पार्टीकी हसिना खान, जनमत पार्टीकी गोमा लाभ सापकोटा र स्वतन्त्र सांसद योगेन्द्र मण्डल छन् । 

यो सँगै पुनर्स्थापनाका पक्षमा हस्ताक्षर गर्ने सांसदको सङ्ख्या १४३ पुगेको छ । एमालेका ७५, कांग्रेसका ६५ र यी तीन गरी हस्ताक्षर गर्ने १४३ सांसद पुगेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप