वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणवापत वृद्धि गरिएको शुल्क सरकारले खारेज गरेको छ । सो खारेजी पश्चात साविककै दरमा शुल्क कायम गरिएपछि वैदेशिक रोजगार व्यवसायीले सरकारको निर्णय स्वागतयोग्य भएको बताएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत कात्तिक ३० गते शुल्क वृद्धि गरी नौ हजार पाँच सय पुर्याएको थियो । त्यस अघि ६ हजार पाँच सय मात्र शुल्क थियो । सो निर्णय विरुद्ध व्यवसायीहरुले विरोध जनाएका थिए । श्रम मन्त्री राजेन्द्रसिंह भण्डारीले सो शुल्क खारेज गरिएको बताए ।
मन्त्रालयले ३४ वटा स्वास्थ्य परीक्षण आवश्यक भएको जनाउँदै शुल्क वृद्धि गरेकोमा सो आवश्यक नरहेको वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष भुवनसिंह गुरुङले बताए ।
“सरकारले अनावश्यक श्रमिकको खर्च बढाउने काम गरेको थियो”, उनले भने, “अहिले सो शुल्क खारेज गरी श्रमिकको हितमा निर्णय गर्नु प्रशंसनीय छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण