स्वीडेनका १२ वर्षीय ‘पेशेवर सुटर’, लिए २७ हजार डलरको सुपारी
सारांश
- स्वीडेनको माल्मो सहरमा १२ वर्षीय बालकले २१ वर्षीय युवकको गोली हानी हत्या गरेका छन्।
- बालकलाई २५०,००० स्वीडिस क्राउनमा हत्याको सुपारी दिइएको थियो, तर उनले अर्को व्यक्तिलाई मार्न खोज्दा युवकको हत्या भयो।
- घटनापछि बालकलाई नियन्त्रणमा लिइएको छ र आपराधिक गिरोहले बालबालिकालाई प्रयोग गरेको खुलासा भएको छ।
माल्मो । स्वीडेनको माल्मो सहरमा एक १२ वर्षीय बालकले पैसाको प्रलोभनमा परी एक २१ वर्षीय युवकको गोली हानी हत्या गरेका छन्।
स्वीडिस सञ्चारमाध्यमले ‘चाइल्ड एसासिन’ (बाल हत्यारा) को संज्ञा दिएका ती बालकलाई निश्चित व्यक्तिको हत्या गर्न २५०,००० स्वीडिस क्राउन (करिब २७ हजार अमेरिकी डलर) सुपारी दिइएको खुलासा भएको छ।
यद्यपि, उनले निशाना बनाएको व्यक्ति अर्कै भए पनि झुक्किएर ती २१ वर्षीय युवकमाथि गोली प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। गत डिसेम्बर १६ मा भएको यस घटनापछि प्रहरीले ती बालकलाई नियन्त्रणमा लिएको छ।
७ वर्षको उमेरदेखि हजुरआमाको घरमा बस्दै आएका उनी केही समयअघि घरबाट भागेर आपराधिक गिरोहको सम्पर्कमा पुगेको पाइएको छ। प्रहरीका अनुसार सबै व्यक्तिको आपराधिक पृष्ठभूमि थियो, जसमा मारिएका युवक पनि डकैती र धम्कीको आरोपमा दुई वर्ष जेल सजाय काटेका व्यक्ति थिए।
स्वीडेनको इतिहासमा यति सानो उमेरका बालकले गोली हानी हत्या गरेको यो पहिलो घटना हो। अनुसन्धान अधिकृत रासेम चेबिलले सामाजिक सञ्जालमार्फत अपराधीहरूले साना बालबालिकालाई भर्ती गर्ने गरेको बताएका छन्।
स्वीडेनको कानुन अनुसार १५ वर्ष मुनिका बालबालिकालाई जेल हाल्न पाइँदैन, जसको फाइदा उठाउँदै आपराधिक गिरोहले उनीहरूलाई गम्भीर अपराधमा प्रयोग गर्ने गरेका छन्। तर, यो घटनाको गाम्भीर्यलाई हेर्दै सरकारी वकिलहरूले ती बालक विरुद्ध आपराधिक कारबाही सुरु गर्ने निर्णय गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण