फागुन २१ गते निर्वाचन गर्न सरकारले प्रमुख राजनीतिक दललाई साथमा लिनुपर्छ : कँडेल
सारांश
- कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले फागुन २१ गते निर्वाचन गराउन दलहरुलाई साथ लिनुपर्ने बताए।
- उनले निर्वाचनको वातावरण बनाउन भयरहित सुरक्षा र दलीय सहमति आवश्यक रहेको कुरामा जोड दिए।
- मुख्यमन्त्री कँडेलले निर्वाचनको बुथ सुरक्षा र दलहरुको सहभागिता सुनिश्चित गर्नुपर्ने बताए।
सुर्खेत। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले फागुन २१ गते निर्वाचन गराउने हो भने प्रमुख राजनीतिक दललाई सरकारले साथमा लिनुपर्ने बताएका छन् ।
बुधबारदेखि वीरेन्द्रनगरमा सुरु भएको प्रदेश सुरक्षा गोष्ठीमा बोल्दै मुख्यमन्त्री कँडेलले सरकारका कतिपय गतिविधिकै कारण निर्वाचनको वातावरण तयार हुन नसकेको दाबी गरे ।
मुख्यमन्त्री कँडेलले निर्वाचनका सन्दर्भमा भयरहित वातावरण र सुरक्षा प्रमुख विषय रहेको उल्लेख गर्दै भदौ २३ र २४ गतेपछिको सुरक्षा अवस्थाले भयरहित वातावरण बन्न नसकेकोमा जोड दिए।
मुख्यमन्त्री कँडेलले निर्वाचनका सन्दर्भमा दलहरूबिच नै सहमति नभएकाले अन्योल रहेकोले सरकारले दलीय सहमतिलाई प्राथमिकता दिनुपर्ने बताए ।
उनले निर्वाचनको बुथमा रहने ४ जना प्रहरीको भरमा मतदान केन्द्रको सुरक्षा कसरी हुन्छ भन्दै सबै दलले भाग लिने परिस्थिति बन्न सके मात्र निर्वाचन सम्भव हुने बताए। मुख्यमन्त्री कँडेलले प्रमुख दलका शीर्ष नेतालाई स्थानहद तोकेर निर्वाचनको वातावरण बन्न नसक्ने बताउँदै यस सम्बन्धमा सरकारले तत्काल निर्णय गर्नुपर्ने धारणा राखे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
-
सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
‘एयर पोलुसन स्टेसन’ले राप्तीमा सहज
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण