त्रिविको ५१ औँ दीक्षान्त समारोह : विभिन्न स्थानमा डाइभर्सन, यस्तो छ पार्किङको व्यवस्था
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह पुस १० गते बिहीबार काठमाडौँको दशरथ रङ्गशालामा आयोजना हुँदैछ ।
बिहान ९ः३० बजेदेखि बेलुका ४ः०० बजेसम्म सञ्चालन हुने यस बृहत् कार्यक्रमका कारण त्रिपुरेश्वर र आसपासको क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ।
समारोहमा हजारौँ विद्यार्थी र अभिभावकको उपस्थिति रहने भएकाले त्रिपुरेश्वर, सुन्धारा, टेकु र थापाथली क्षेत्रमा अत्यधिक सवारी चाप हुन सक्ने अनुमान गरिएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दीक्षान्त समारोहका अवधिभर आवश्यक ट्राफिक व्यवस्थापनका लागि सवारीको चाप हेरेर विभिन्न स्थानमा डाइभर्सन गर्ने तयारी गरेको छ। ट्राफिक प्रहरीले त्रिपुरेश्वर सडक खण्ड भएर यात्रा गर्ने चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न विशेष अनुरोध गरेको छ ।
दीक्षान्त समारोहमा सहभागी हुनेहरूका लागि ट्राफिक प्रहरीले निम्नानुसार पार्किङ स्थलहरू तोकेको छः
–भीभीआईपी र भीभीआईपीका लागिः दशरथ रङ्गशालाको मूल गेट छेउमा ।
–त्रिविका अफिसियलका लागिः राष्ट्रिय खेलकुद परिषद्को पार्किङ स्थल ।
–दुई पाङ्ग्रे र चार पाङ्ग्रेका लागिः परराष्ट्र मन्त्रालय कन्सुलर शाखा र टुँडिखेल ।
–दुई पाङ्ग्रेका लागि मात्रः वर्ल्ड ट्रेड सेन्टर र आर्मी हेडक्वार्टर अगाडिको क्षेत्र ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण