एनसीएचएलको १७औँ वार्षिकोत्सव, नयाँ डिजिटल उत्पादनहरू सार्वजनिक
काठमाडौँ । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले यही पुस ८ गते आफ्नो १७औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्री बम बहादुर मिश्रको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुखहरू, सरकारी निकायका पदाधिकारीहरू र एनसीएचएलका पूर्व तथा वर्तमान सञ्चालकहरूको उपस्थिति रहेको थियो ।
२०६५ साल पौष ८ गते नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरूको नेतृत्वमा स्थापित एनसीएचएलले विगत १७ वर्षदेखि नेपालमा राष्ट्रिय भुक्तानी, क्लियरिङ्ग र सेटलमेन्ट प्रणालीहरू स्थापना तथा सञ्चालन गर्दै आएको छ । प्रारम्भिक चरणमा म्यानुअल चेक क्लियरिङलाई डिजिटलाइज गर्दै एनसीएचएल–ईसीसीको सुरुवात गरेको एनसीएचएलले त्यसपश्चात् एनसीएचएल–आईपीएस, कनेक्ट आईपीएस, कर्पोरेटपे, नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीएआई) लगायतका आधुनिक डिजिटल भुक्तानी प्रणालीहरूलाई सफलतापूर्वक कार्यान्वयनमा ल्याएको छ । हालै नेसनल पेमेन्ट स्विच (एनपीएस) अन्तर्गत नेसनल कार्ड स्विच र नेपालपे कार्डको समेत व्यवसायीकरण गरेको जनाएको छ ।
वार्षिकोत्सव समारोहमा कम्पनीमा १० वर्ष सेवा पुर्याएका श्री छवि सापकोटा, हेड–पेमेन्ट सिस्टमलाई दीर्घ सेवा पदकबाट सम्मानित गरिएको थियो । साथै एनसीएचएलका संस्थापक अध्यक्ष श्री अनिल केशरी शाह र तेस्रो अध्यक्ष श्री अशोक शम्शेर जबरालाई संस्था स्थापनामा पुर्याएको अमूल्य योगदानको कदर गर्दै विशेष सम्मान पत्र प्रदान गरिएको थियो ।
यस अवसरमा एनसीएचएलले विभिन्न नवीन डिजिटल उत्पादन तथा समाधानहरू पनि अनावरण गरेको छ । सिद्धार्थ बैंक लिमिटेडसँगको सहकार्यमा रिटेल ग्राहकहरूका लागि डिजिटल मोबाइल बैंकिङ, नबिल बैंक लिमिटेडसँग कर्पोरेटपे २.०, माछापुच्छ्रे बैंकसँग कार्डस सेन्ट्रल सिस्टम र स्मार्ट चोइस टेक्नोलोजीसँग थर्ड पार्टीज नेट सेटलमेन्ट सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा एनसीएचएलले डिजिटल कारोबारमा उत्कृष्ट प्रदर्शन गर्ने बैंक वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, सरकारी निकाय तथा गैर–बैंक संस्थाहरूलाई १३ विभिन्न विधामा ‘एक्सिलेन्स इन डिजिटल ट्रान्जेक्शन’ अवार्डबाट सम्मानित गरेको थियो ।
राष्ट्रिय वाणिज्य बैंक, गरिमा विकास बैंक र रिलायन्स फाइनान्सले 'एक्सिलेन्स इन नेपालपे क्यूआर ट्रान्जेक्शन' अवार्ड प्राप्त गरे भने सिद्धार्थ बैंकले 'एक्सिलेन्स इन इएफटी कार्ड सर्भिसेस्' र ग्लोबल आईएमई बैंकले 'एक्सिलेन्स इन अल्टरनेट डिजिटल च्यानल' अवार्ड जितेका छन् ।
नबिल बैंक 'एक्सिलेन्स इन डिजिटाइजिंग बिज्नेसेस् विथ कर्पोरेटपे' अवार्डबाट सम्मानित भयो । नेपाल सरकारको खर्च र राजस्वको कारोबार डिजिटलाइज गर्न विशेष भूमिका खेलेकोमा राष्ट्रिय वाणिज्य बैंकलाई र ई–भिसाको अनलाइन भुक्तानीका लागि अन्तर्राष्ट्रिय कार्ड पेमेन्ट गेटवे इनेबल गर्न अध्यागमन विभागलाई ‘स्पेसल रिकोग्नाइजेसन अवार्ड’ प्रदान गरिएको थियो ।
हाल ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्था सदस्य र १०० भन्दा बढी गैर–बैंक संस्था प्राविधिक सदस्यका रूपमा आबद्ध एनसीएचएलका प्रणालीहरू मार्फत गत आर्थिक वर्षमा १८६ खर्ब भन्दा बढीको २१ करोड १२ लाख भुक्तानी कारोबारहरू फर्छ्यौट भएका थिए, जुन संख्याको आधारमा ६७ र रकमको आधारमा १९ प्रतिशत वृद्धि भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीन–रुसद्वारा संयुक्त नौ सैनिक अभ्यास र सामुद्रिक गस्ती
-
सरकारले विधि र प्रक्रियाभन्दा कानुन विपरीतका काम गर्न लाग्यो : गगन थापा
-
सरकार नागरिकको 'लाइफ' भन्दा सामाजिक सञ्जालको 'लाइक' मा बढी केन्द्रित भयो : गगन थापा
-
लुम्बिनी लायन्सको मुख्य कार्यकारी अधिकृतमा सन्देश कटवाल नियुक्त
-
१५ कार्य दिनमा १४६ निजामती कर्मचारीको राजीनामा
-
दोलखाको वैतेश्वरमा आगलागी : एक घर जलेर नष्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण