राष्ट्रिय सभा निर्वाचनः बागमतीमा कुन दलसँग कति मतभार ?
सारांश
- राष्ट्रिय सभा निर्वाचन माघ ९ गते हुने, दलहरू उम्मेदवार छनोटमा जुटेका छन्।
- निर्वाचन आयोगले मतदान स्थल तोक्ने र उम्मेदवारी दर्ताको कार्यक्रम पुस २३ मा तय गरेको छ।
- बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुँदैछ, जसमा कांग्रेसको मतभार अन्य दलको तुलनामा धेरै छ।
मकवानपुर । आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि दलहरू आन्तरिक तयारीमा जुटेका छन् । सोही क्रममा दलहरू उम्मेदवार छनोट तथा सिफारिस प्रक्रियामा लागेका छन् ।
निर्वाचन आयोगले पनि राष्ट्रिय सभा निर्वाचनका लागि तयारीलाई तीव्रता दिएको छ । आयोगले यस अवधिमा मतदान स्थल तथा केन्द्र तोक्ने तथा निर्वाचन अधिकृत तोक्ने काम सम्पन्न गरिसकेको छ ।
निर्वाचन कार्यक्रम अन्तर्गत आयोगले यही पुस २३ मा उम्मेदवारी दर्ताको कार्यक्रम तय गरेको छ ।
५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक २ वर्षमा एक तिहाइ सदस्यको पदावधि सकिने र उनीहरूको ठाउँमा नयाँ चयन हुने व्यवस्था छ । सोही क्रममा अहिले राष्ट्रिय सभाका १९ सदस्य पद रिक्त हुन लागेको हो । तीमध्ये १८ जना निर्वाचनका माध्यमबाट राष्ट्रिय सभा सदस्य भएका हुन् भने एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका हुन् । सोही अनुसार रिक्त हुने पदमा पूर्तिका लागि १८ जना निर्वाचनका माध्यमबाट र एक जना राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।
निर्वाचन हुने १८ पदमध्ये बागमती प्रदेशबाट २ जना निर्वाचित हुनेछन् । बागमती प्रदेश अन्तर्गत महिला क्लस्टरबाट एमालेकी इन्दिरा देवी गौतम र गंगाकुमारी बेलवासेको पदावधि आगामी फागुनमा सकिँदैछ ।
सोही अनुसार बागमतीबाट महिला क्लस्टर अन्तर्गत नै दुई सदस्यका लागि निर्वाचन हुन लागेको हो । राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख एवं अध्यक्ष–उपाध्यक्षले मतदान गर्नेछन् ।
मतदानमा बागमती प्रदेशबाट प्रदेश सभा सदस्य ११० र स्थानीय तहबाट अध्यक्ष–उपाध्यक्ष तथा प्रमुख–उपप्रमुख २३७ जना गरी जम्मा ३४७ जना सहभागी हुनेछन् ।
११० सदस्यीय प्रदेश सभा र ११९ स्थानीय तह रहेको बागमती प्रदेशमा कुल ३४८ मतदाता रहेकोमा स्थानीय तहका एक जना भने मतदान गर्नबाट वञ्चित हुने भएका छन् । नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत भ्रष्टाचार मुद्दामा दोषी ठहर भएर निलम्बित रहेका कारण मतदानमा सहभागी हुन पाउने छैनन् । उनी नेपाली कांग्रेसकातर्फबाट निर्वाचित भएका थिए ।
मतदानमा बागमती प्रदेशबाट प्रदेश सभा सदस्य ११० र स्थानीय तहबाट अध्यक्ष–उपाध्यक्ष तथा प्रमुख–उपप्रमुख २३७ जना गरी जम्मा ३४७ जना सहभागी हुनेछन् ।
निर्वाचन आयोगले प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका पदाधिकारीको मतभार १९ निर्धारण गरेको छ ।
कांग्रेसको मतभार धेरै
बागमती प्रदेशको कुल मतदाता ११० प्रदेश सभा सदस्यको मतभार ५ हजार ८३० हुन आउँछ भने स्थानीय तहका २३७ पदाधिकारीको मतभार ४ हजार ५०३ हुन्छ । यसरी बागमती प्रदेश अन्तर्गत राष्ट्रिय सभा निर्वाचनमा मतदाताको कुल मतभार १० हजार ३३३ हुन्छ ।
बागमती प्रदेशमा नेपाली कांग्रेसको मतभार अन्य दलको तुलनामा धेरै छ । कांग्रेससँग प्रदेश सभामा ३७ सिट छ । स्थानीय तहतर्फ कांग्रेसका १०८ प्रमुख तथा उपप्रमुख रहेकोमा एक जना मतदानमा सहभागी हुन नपाउने भएकाले १०७ जनामात्र मतदाता हुनेछन् ।
प्रदेश सभातर्फ १ हजार ९६१ र स्थानीय तहतर्फ २ हजार ३३ गरी कांग्रेसको कुल मतभार ३ हजार ९९४ हुन आउँछ ।
बागमती प्रदेशमा नेकपा एमाले २ हजार ५७१ मतभारका साथ दोस्रो स्थानमा छ भने नेकपा माओवादी केन्द्रको २ हजार १९६ मतभार र नेकपा एकीकृत समाजवादीको ५४२ मतभार छ । हाल माओवादी केन्द्र र एकीकृत समाजवादी मिलेर नेपाली कम्युनिस्ट पार्टी गठन भएको अवस्थामा यी दुवै दलको मतभार २ हजार ७३८ हुन आउँछ ।
प्रदेश सभामा १३ सिट भए पनि स्थानीय तहमा कमजोर पकडका कारण राप्रपाको कुल मतभार ७०८ मात्र छ भने नेमकिपाको १९७, हाम्रो नेपाली पार्टीको १०६ र स्वतन्त्र उम्मेदवारको १९ मतभार छ ।
बागमती प्रदेशमा एमाले, माओवादी र एकीकृत समाजवादीसहितको गठबन्धन कायम रहेमा उनीहरूको पक्षमा कुल मतभार ५ हजार ३०९ पुग्छ ।
दलगत विवरण र मतभार तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण