नि:शुल्क स्वास्थ्य शिविरबाट पाँच सयभन्दा बढी लाभान्वित
तनहुँ । शुक्लागण्डकी नगरपालिका–११ राइपुरस्थित ढोरफूलबारी सहिद अस्पतालमा बिहीबार आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट पाँच सयभन्दा बढी लाभान्वित भएका छन् । वडा नम्बर ११ को कार्यालयको सहकार्य, तनहुँ सेवा हस्पिटल दुलेगौंडा र यूआरएल फाउण्डेशन नेपालको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो ।
शिविरमा भिडियो एक्सरे, इसिजी, पिएफटी, ल्याब परीक्षण र निःशुल्क औषधि सेवा उपलब्ध गराइएको थियो । पेट, मुटु, हाडजोर्नी, स्त्री तथा प्रसुती, छाला तथा यौन रोग सम्बन्धि सेवा दिइएको ढोरफूलबारी सहिद अस्पतालका प्रमुख डा. विज्ञान क्षेत्रीले जानकारी दिए ।
उहाँका अनुसार शिविरबाट महिला, ज्येष्ठ नागरिक शिविरबाट लाभान्वित भएका छन् । शुक्लागण्डकी नगरपालिका–१०, ११ र १२ का विभिन्न गाउँबाट बिरामी स्वास्थ्य परीक्षणका लागि आएका थिए । यस्तै स्याङ्जाको हरिनास गाउँपालिका र पुतलीबजार नगरपालिकाका गाउँबाट समेत शिविरमा आएर सेवा लिएको उनले बताए ।
शिविरमा पेट, मुटु, छाती, सुगर, थाइराइड रोग विशेषज्ञ डा. कृष्णराज अधिकारी, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा मेघराज लामिछाने, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा सुनिता सिलवाल, छाला तथा यौन रोग विशेषज्ञ डा. रमेश शर्मा, एमडिजिपी डा रविबहादुर गुरुङ, डा. विज्ञान क्षेत्री र रेडियोलोजिष्ट डा सन्तोष बरालले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण