शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

शुक्रबार, ११ पुस २०८२, १५ : ०१
शुक्रबार, ११ पुस २०८२

काठमाडौँ । संयुक्त राष्ट्र संघको आह्वानमा सेन्ट्रल अफ्रिकन रिपब्लिकमा सञ्चालन भइरहेको शान्ति मिसन अन्तर्गत तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार युद्धभैरव गण (शान्ति सेना) तेस्रो डफ्फालाई बदली गर्न गोरखनाथ गण (शान्ति सेना) चौथो डफ्फाका २२५ जना शान्ति सैनिकको अन्तिम पुस १० गते मिसन क्षेत्रमा प्रस्थान गरेको छ।

त्यसै दिन उक्त मिसनमा आफ्नो कार्यकाल पूरा गरेका २२४ जना नेपाली शान्ति सैनिक स्वदेश फर्किएका छन्। हाल उक्त मिसनमा नेपाली सेनाका कुल १ हजार १८८ जना शान्ति सैनिक कार्यरत रहेको निर्देशनालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप