मन्त्रिपरिषद् बैठक निर्णय
९ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णय
शुक्रबार, ११ पुस २०८२, १९ : २३
सारांश
- सरकारले विभिन्न ९ स्थानमा इलाका प्रशासन कार्यालय खोल्ने निर्णय गरेको छ।
- मन्त्रिपरिषद् बैठकले ताप्लेजुङ, डोल्पा, मुगु, कालीकोट, बाजुरा, डोटी, दार्चुला, बैतडी र सङ्खुवासभामा कार्यालय खोल्ने निर्णय गर्यो।
- यो निर्णय गृह मन्त्रालय अन्तर्गतको संगठन संरचना स्वीकृतिका लागि गरिएको हो।
काठमाडौँ । सरकारले विभिन्न जिल्लाका ९ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चारमन्त्री जगदीश खरेलले बताए ।
थप गरिएका इलाका प्रशासन कार्यालयहरूमा ताप्लेजुङको श्रीचंघा, डोल्पाको धो, मुगुको खत्याग, कालीकोटको रास्कोट, बाजुराको कोल्टी, डाेटीको विपीनगर, दार्चुलाको गोकुलेश्वर, बैतडीको मेघौली र सङ्खुवासभाको हिदाङगढी रहेका छन् ।
गृह मन्त्रालय अन्तर्गतको सङ्गठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने गरी मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
-
प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना कर्मचारीको नयाँ दरबन्दी सृजना गर्न नपाइने
-
प्रधानमन्त्री र पुँजी बजार–बीमा क्षेत्रका सरोकारवालाबिचकाे छलफल सकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण