सत्तरी वर्षमाथिका एक हजार बढी ज्येष्ठ नागरिकलाई सम्मान
सारांश
- रामप्रसाद राई गाउँपालिकाले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मानसहित न्यानो कपडा वितरण गर्यो।
- ज्येष्ठ नागरिक दिवसको अवसर पारेर पालिकाले वडाका ज्येष्ठ नागरिकलाई सम्मान गर्यो र कपडा दियो।
- गाउँपालिका अध्यक्षले बताए अनुसार एक हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान गरिनेछ।
भोजपुर । यहाँको रामप्रसाद राई गाउँपालिकाले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई सम्मानसहित न्यानो कपडा वितरण गरेको छ । ‘हाम्रो साझा अभियान: ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ शुक्रबार विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाएको हो ।
ज्येष्ठ नागरिक दिवसको अवसर पारेर पालिकाले मातहतका आठवटै वडाका ज्येष्ठ नागरिकलाई सम्मानसहित कपडा वितरण गरेको हो । पालिकाले आगामी दिनमा पनि वडावडामा पुगेर ज्येष्ठ नागरिकलाई सम्मान र कपडा वितरण गर्नेछ । पहिलो दिन पालिकामा गरिएको कार्यक्रममा ४५ जना ज्येष्ठ नागरिकलाई सम्मानसहित न्यानो कपडा प्रदान गरिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले जानकारी दिए ।
उनले भने, “पालिकाभित्रका ज्येष्ठ नागरिकको सम्मानका लागि यो कार्यक्रम गरिएको हो, यसलाई हामी आगामी दिनमा पनि निरन्तरता दिनेछौँ ।” गाउँपालिकाले वडा तहका समेत गरेर एक हजार बढी ज्येष्ठ नागरिकलाई सम्मानसहित कपडा वितरण गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोहोरी साँझ नजिकै भएको कुटपिटबाट युवकको मृत्यु, चार जना पक्राउ
-
दीपक भट्ट र सुलभ अग्रवालको आज विशेष अदालतमा थुनछेक बहस
-
सम्झौताको अस्पष्टताले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि उकालो, बजारमा अझै संशय
-
सुधार नगरे काठमाडौँको सडक ठप्प हुने ट्राफिक प्रहरीको चेतावनी, नियम मिच्नेलाई ५० हजारसम्म जरिवाना प्रस्ताव
-
अमेरिकामा वायुसेनाको बी-५२ बमवर्षक विमान दुर्घटना, दुई बोइङ कर्मचारीसहित आठ जनाको मृत्यु
-
खडेरी लक्षित उत्तर कोरियाको सुक्खा धान अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण