छाला हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अङ्ग हो । मौसम परिवर्तन भइरहन्छ तर छालालाई सधैँ एउटै किसिमको मौसम चाहिन्छ । मौसम परिवर्तन हुँदा छालाको बाक्लोपन, हाइड्रेसन तथा बाहिरी तहमा विभिन्न प्रभाव पर्न थाल्छन् ।
मौसमसँगै हाम्रो खानपान र जीवनशैली पनि परिवर्तन हुन्छ, जसको प्रत्यक्ष असर छालामा पर्ने चिकित्सक बताउँछन् । जाडो मौसममा छाला सुक्खा हुने, फुट्ने, चिलाउने जस्ता समस्या बढी देखिन्छन् । हामी प्रायः अनुहारको मात्रै बढी ख्याल गर्छौं । मौसम परिवर्तनमा छालाको पनि उत्तिकै हेरचाह आवश्यक हुन्छ ।
आफूलाई सुन्दर र स्वस्थ कसरी बनाउने ? जाडोमा छालामा कस्ता समस्या देखिन्छन् ? ती समस्या कसरी समाधान गर्न सकिन्छ ? यिनै विषयमा छाला रोग विशेषज्ञ डा. तानिया उप्रेतीसँग कुराकानी गरिएको छ । प्रस्तुत छ, डा. उप्रेतीसँग गरिएको कुराकानीको सम्पादित अंश–
छाला हाम्रो शरीरको सबैभन्दा ठुलो अङ्ग हो । यसलाई शरीरको ऐना पनि भनिन्छ, किनकि शरीरभित्र कुनै समस्या भए त्यसको संकेत छालाले देखाउँछ । छालाले शरीरको भित्री अङ्गहरूलाई सुरक्षा गर्छ, पसिनाको माध्यमबाट शरीरको तापक्रम सन्तुलनमा राख्छ र भिटामिन ‘डी’ उत्पादनमा समेत भूमिका खेल्छ । त्यसैले छालाको हेरचाह निकै महत्त्वपूर्ण छ । सबैजनाले यसको ख्याल गर्नुपर्छ ।
छालाको विशेष हेरचाह नगरेको अवस्थामा पनि ‘बेसिक स्किन केयर रुटिन’ पर्याप्त हुन्छ । गर्मी महिनामा बिहान ‘जेन्टल क्लिन्जर’ प्रयोग गर्ने, तर सुक्खा छाला भएमा पानीले मात्रै अनुहार धुँदा पनि हुन्छ । त्यसपछि छालाको प्रकारअनुसार मोइस्चराइजर लगाउनुपर्छ ।
फार्मेसीमा पाइने मेडिकल ग्रेडका मोइस्चराइजर र सनस्क्रीन बढी सुरक्षित हुन्छन् ।
ओइली स्किन छ भने जेल टाइपको मोइस्चराइजर लगाउनुपर्छ । सामान्य ड्राइ स्किन भएकाले क्रिम वा लोसन लगाउने र अन्त्यमा सनस्क्रीन लगाउने गर्नुपर्छ । अनुहारमा लागेको धुलो र सनस्क्रीन हटाउन बेलुका अनुहार धुने र सुत्नुअघि मोइस्चराइजर लगाउनु राम्रो हुन्छ ।
फार्मेसीमा पाइने मेडिकल ग्रेडका मोइस्चराइजर र सनस्क्रीन बढी सुरक्षित हुन्छन् । एसपीएफ ५० भएको सनस्क्रीन प्रयोग गर्नुपर्छ । कस्मेटिकमा भएका त्यस्ता सामान गुणस्तरीय हुन्छन् भनेर भन्न सकिँदैन । अत्यन्तै छिटो गोरो बनाइदिन्छ, पोतो हटाइदिन्छ भन्ने प्रचार गरिएका क्रिमहरूबाट टाढै रहनुपर्छ । यस्ता क्रिममा स्टेरोइड वा हानिकारक रसायन हुन सक्छन् । हामीचाहिँ फार्मेसीकै प्रोडक्टहरू प्रयोग गर्न सल्लाह दिन्छौँ । यद्यपि कस्मेटिकको सबै चिज नराम्रो हुन्छ भन्ने पनि होइन ।
हायलुरोनिक एसिड, ग्लिसरिन, स्क्वालेन, सेरामाइड्स भएका मोइस्चराइजर छालाका लागि राम्रो हुन्छन् । तर ह्वाइटनिङ वा लाइटनिङ क्रिममा रहेका स्टेरोइड र हाइड्रोक्विनोनले छालालाई दीर्घकालीन रूपमा बिगार्न सक्छ । यस्ता क्रिम चिकित्सकको सल्लाहविना प्रयोग गर्नु हुँदैन । चिकित्सकले छोटो समयका लागि त्यस्ता कुरा प्रयोग गर्न सिफारिस गर्न सक्छन् । स्वेच्छाले कस्मेटिकमा गएर त्यस्ता क्रिम आफूखुसी लगाउँदाचाहिँ छाला रातो हुने, पातलो हुने, कपालहरू उम्रिने हुन्छ । त्यसलाई फेरि सामान्य बनाउन गाह्रो हुन्छ ।
जाडोमा हावा सुक्खा हुन्छ । त्यसैले सुक्खा हावाले हाम्रो छालाबाट पानी तान्छ । यसले गर्दा हाम्रो छाला सुक्खा हुन्छ ।
यसका अतिरिक्त जाडोमा हामी हिटर, आगो ताप्ने गर्छौं । यसले पनि हाम्रो छालालाई सुक्खा बनाउँछ । यसले छाला फुट्ने, चिलाउने जस्ता समस्या ल्याउँछ ।
जाडोमा खुट्टा फुट्ने, चिसोले औँला नीलो हुने, दुख्ने, घाउ आउने समस्या देखिन्छ । एस्थेटिकतर्फ पोतो (मेलाज्मा) जाडोमा झनै बढ्ने गरेको पाइन्छ । यस्तै दाद आउने समस्या पनि हुन्छ ।
सकेसम्म १० मिनेटभित्र नुहाउने र नुहाएपछि चिसो छालामै मोइस्चराइजर लगाउनु राम्रो हुन्छ ।
अनुहारमा पोतो आउनुका तीन/चार कारण हुन्छ । एउटा त वंशाणुगत कारण भयो । अर्को हार्मोनल परिवर्तन (विशेषगरी गर्भावस्थामा) हुन्छ । तेस्रो कारण भनेको घामको किरण पनि हो । सनस्क्रीन प्रयोग नगरी एक्टिभ प्रोडक्ट प्रयोग गरेर घाममा निस्किँदा पनि समस्या देखिन्छ ।
तातो पानीले छाला सुक्खा र चिलाउने बनाउन सक्छ । सकेसम्म १० मिनेटभित्र नुहाउने र नुहाएपछि चिसो छालामै मोइस्चराइजर लगाउनु राम्रो हुन्छ ।
हाइड्रा फेशियल पानीको प्रविधिबाट छालाको पोर्स सफा गर्ने, डेड स्किन हटाउने प्रक्रिया हो । यसले छालामा चमक ल्याउँछ र दीर्घकालीन हानि गर्दैन । तर फेशियलपछि केही दिन घामबाट जोगिनुपर्छ र सनस्क्रीन नियमित लगाउनुपर्छ ।
मोबाइल, ल्यापटप र ट्युबलाइटबाट निस्कने ब्लू लाइटले छालामा दाग र पोतो भएमा त्यसलाई अझ गाढा बढाउन सक्छ । सनस्क्रीनको प्रयोगले यसको असर कम गर्न सकिन्छ ।
चाँडै कपाल फुल्ने पहिलो कारण भनेको जेनेटिक्स नै हो ।
स्वस्थ खानपान, पर्याप्त निद्रा र नियमित व्यायाम अत्यन्तै महत्त्वपूर्ण छन् । साथै बिहान एन्टिअक्सिडेन्ट सिरम (भिटामिन सी, नायसिनामाइड आदि) प्रयोग गर्दा छाला स्वस्थ र जवान देखिन्छ । त्यसमा छालालाई तनक्क राख्ने प्रोटिन हुन्छ ।
चाँडै कपाल फुल्ने पहिलो कारण भनेको जेनेटिक्स नै हो । दोस्रो कारणचाहिँ तनाव हो । शरीरका लागि आवश्यक आइरन, भिटामिन बी–१२ जस्ता पोषक तत्वको कमीले पनि कपाल फुल्न सक्छ ।
हालको समयमा अनुभवी चिकित्सकद्वारा गरिएको हेयर ट्रान्सप्लान्ट सुरक्षित र प्रभावकारी हुन्छ, खासै साइड इफेक्टको डर हुँदैन ।
यो प्रायः फंगल इन्फेक्सनका कारण हुन्छ । यसले नङ बाक्लो, कालो र टुक्रिने बनाउँछ । एउटा औँलाको नङमा त्यस्तो समस्या छ भने अर्को औँलाको नङमा पनि सर्न सक्छ । चप्पल, जुत्ता र मोजा सेयर गर्दा संक्रमण फैलिन सक्छ ।
यसका लागि छाला रोग विशेषज्ञसँग परामर्श गर्नुपर्छ । कसैको नङमा त्यस्तो समस्या छ भने उसले प्रयोग गरेको जुत्ता, चप्पल र मोजा सेयर नगर्ने । सकेसम्म हात, खुट्टा धेरै गुम्स्याएर नराख्ने ।
स्किन ट्रिटमेन्टमा प्रयोग हुने उपकरणहरू उच्च गुणस्तरीय र महँगा हुन्छन् । साथै दक्ष र अनुभवी चिकित्सकद्वारा उपचार गरिने भएकाले खर्च बढी भए पनि नतिजा सकारात्मक हुन्छ ।
प्रतिक्रिया