धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु
सारांश
- बाराको सुवर्ण गाउँपालिकामा धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु भएको छ।
- मृतक महागढीमाई नगरपालिकाकी लालु कुमारी महतो मामा घरमा बस्दै आएकी थिइन्।
- प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ र शव पोस्टमार्टमका लागि पठाइएको छ।
रौतहट। बाराको सुवर्ण गाउँपालिका–७ चौरहियामा धान खेतमा जमेको पानीमा डुबेर १८ महिनाकी बालिकाको मृत्यु भएको छ।
मृतक महागढीमाई नगरपालिका–९ बलुवाकी राजेन्द्र महतोकी १८ महिनाकी छोरी लालु कुमारी महतो हुन्। उनी केही दिनदेखि मामा घरमा बस्दै आएकी थिइन्।
प्रहरीका अनुसार आइतबार साँझ करिब ५ः३० बजे मामा घर पछाडि रहेको स्थानीय तारा चन्द साहको धान खेतमा जमेको पानीमा खेल्ने क्रममा उनी डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। परिवारका सदस्यले तत्काल बालिकालाई पानीबाट बाहिर निकाले पनि उनको ज्यान जोगाउन सकेनन्।
घटनाको जानकारी साँझ करिब ६ः१५ बजे इलाका प्रहरी चौकी बड्कीफुलबरियामा पुगेपछि असई राम विद्या साहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको नेतृत्वमा मुचुल्का, फरेन्सिक टोलीसहितको प्रहरी टोली खटिएर घटनास्थलको अनुसन्धान गरेको प्रहरीले जनाएको छ।
प्रहरीले बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल, कलैया पठाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बारा प्रहरीले जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण