सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

वीरेन्द्रनगरको निकास खोला जंगलमा एक व्यक्ति मृत भेटिए

आइतबार, ०३ साउन २०८३, १६ : ५८
आइतबार, ०३ साउन २०८३

सारांश

  • सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२, दौलतपुरका अन्दाजी ६७ वर्षीय लालबहादुर सुनार निकास खोलाको जंगलमा मृत भेटिएका छन्।
  • सुनार असार ३२ गते घरबाट निस्किएका थिए र भोलिपल्ट आफन्तले प्रहरीलाई जानकारी गराएका थिए।
  • प्रहरीले खोजतलास गर्ने क्रममा आइतबार दिउँसो जंगलमा सुनारको शव फेला पारेको छ।

सुर्खेत । वीरेन्द्रनगरको निकास खोला क्षेत्रमा रहेको जंगलमा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । मृत भेटिनेमा वीरेन्द्रनगर नगरपालिका–२, दौलतपुर बस्ने वर्ष अन्दाजी ६७ का लालबहादुर सुनार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार सुनार असार ३२ गते बिहान ०८:०० बजेको समयमा घरबाट कसैलाई जानकारी नगराई निस्किएका थिए । उनी निस्किएकाे भाेलिपल्ट आफन्तले प्रहरी चौकी बांगेसिमलमा जानकारी गराएका थिए ।

प्रहरी सहायक निरीक्षक टिकाराम थापाको कमान्डमा खटिएको टोलीले खोजतलास गर्ने क्रममा आइतबार दिउँसो १२ बजेतिर निकास खोलाको जंगलमा उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता कविन्द्रसिं बोहोराले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप