बुधबार, ०३ असार २०८३
ताजा लोकप्रिय

विदेशीको योजनामा केहि नयाँ राजनीतिक पार्टी गठन भएका छन् : अध्यक्ष लिङ्देन

शनिबार, १२ पुस २०८२, १७ : ५६
शनिबार, १२ पुस २०८२

सारांश

  • राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशी योजनामा नयाँ राजनीतिक दल गठन भएको आरोप लगाए।
  • उनले देश संकटमा रहेको र राप्रपा नै देश जोगाउने विकल्प भएको बताए।
  • लिङ्देनले चुनाव अघि नै राजा, दल, युवा र सरोकारवालाको सम्मेलनको आह्वान गरे।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशीको योजना अनुसार केहि नयाँ राजनीतिक पार्टी गठन भएको आरोप लगाएका छन् । शनिबार झापाको बिर्तामोडमा आयोजित पार्टीको सभालाई सम्बोधन गर्दै लिङ्देनले आगामी निर्वाचनमा कुन पार्टीले जित्ने वा हार्नेदेखि केहि नयाँ राजनीतिक पार्टी गठन समेत विदेशीको योजनामा भइरहेको आरोप लगाएका हुन् ।

उनले मुलुकमा चरम वैदेशिक हस्तक्षेप भएको र सङ्कटको अवस्थामा रहेको बताए । अहिलेको अवस्थामा देशलाई जोगाउनका लागि राप्रपाको विकल्प नभएको उनको भनाइ छ । उनले पुराना भनिएका कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबाट अब देश नबन्ने उल्लेख गरे ।

त्यस्तै लिङ्देनले चुनाव नै नभएको अवस्थामा केहि नयाँ भन्नेहरूले प्रधानमन्त्री पद बाँडफाँड गर्न लागेको तर्क गरे । मुलुकको वर्तमान अवस्था र संविधानबाट देशलाई दुर्घटनाबाट जान रोक्न नसकिने उनले बताए । लिङ्देनले देशलाई जोगाउनका लागि चुनावभन्दा अगाडी नै राजा, राजनीतिक दल, जेनजी युवा र अरू सरोकारवालाको सम्मेलनबाट नयाँ समझदारी कायम गरेर नयाँ व्यवस्था कायम गरेर जानुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप