चीनद्वारा ‘फङयुन–४–०३’ उपग्रह सफलतापूर्वक प्रक्षेपण
सिचुआन । चीनले शनिबार देशको दक्षिण पश्चिमी सिचुआन प्रान्तस्थित सिछाङ उपग्रह प्रक्षेपण केन्द्रबाट नयाँ उपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।
‘फङयुन–४–०३’ नामक उपग्रहलाई’ लङ मार्च–३ बी’ रकेटमार्फत बिहान १२ बजेर ७ मिनेटमा (बेइजिङ समयअनुसार) प्रक्षेपण गरिएको हो । प्रक्षेपणपछि उक्त उपग्रह निर्धारित कक्षामा सफलतापूर्वक प्रवेश गरेको जनाइएको छ ।
‘फङयुन–४–०३’ चीनले विकास गरेको मौसम अवलोकन उपग्रह हो, जसले मौसम पूर्वानुमान, जलवायु अनुगमन, प्राकृतिक प्रकोपको प्रारम्भिक चेतावनी तथा वातावरणीय अवलोकन जस्ता कार्यमा सहयोग पुर्याउँछ ।
यस उपग्रहमा उन्नत उपकरणहरू जडान गरिएका छन्, जसले बादल,वर्षा,आँधी, तापक्रम तथा वायुमण्डलीय गतिविधिको सूक्ष्म र निरन्तर निगरानी गर्न सक्षम बनाउँछ । यसबाट प्राप्त तथ्याङ्कले जनजीवन सुरक्षा, कृषि, उड्डयन, जलस्रोत व्यवस्थापन तथा आपतकालीन व्यवस्थापनमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ ।
यो प्रक्षेपण ‘लङ मार्च’ रकेट शृङ्खलाको ६२१ औँ उडान रहेको चिनियाँ अधिकारीहरूले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण