पूर्वराजा, दल र जेनजीबिच समझदारी आवश्यक, निर्वाचनअघि ‘गोलमेच सम्मेलन’ गरौँ : लिङ्देन
सारांश
- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशी हस्तक्षेपका कारण मुलुकको अस्तित्व संकटमा परेको बताए।
- उनले राजनीतिक गतिरोध अन्त्यका लागि फागुन २१ अघि 'गोलमेच सम्मेलन' गर्नुपर्ने माग गरे।
- लिङ्देनले जेनजी आन्दोलनका माग सम्बोधन नभएसम्म निर्वाचनको औचित्य नहुने बताए।
मोरङ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशी हस्तक्षेपका कारण मुलुकको अस्तित्व नै सङ्कटमा परेको भन्दै शक्ति केन्द्रहरूबिच नवीनतम समझदारीको आवश्यकता औँल्याएका छन्। आइतबार विराटनगरमा आयोजित पार्टीको जिल्ला अधिवेशन उद्घाटन गर्दै लिङ्देनले नेपाल भूराजनीतिक द्वन्द्वको चपेटामा फसिसकेको दाबी गरेका हुन् ।
विदेशी चलखेल रोक्न र देशलाई सही दिशा दिन पूर्वराजा, स्थापित राजनीतिक दल र नयाँ पुस्ता (जेनजी) बिच राष्ट्रिय सहमतिको नयाँ खाका तयार हुनुपर्नेमा उनले जोड दिए। अध्यक्ष लिङ्देनले मुलुकको वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि फागुन २१ गतेको निर्वाचनअघि नै ’गोलमेच सम्मेलन’ आयोजना गर्न माग गरेका छन्।
अहिलेकै व्यवस्था र अवस्थामा गरिने निर्वाचनले देशको द्वन्द्व समाधान नगर्ने बरु थप बल्झाउने उनको तर्क छ। लिङ्देनले गोलमेच सम्मेलनमार्फत सबै पक्षका माग सम्बोधन गरेर मात्रै निर्वाचनमा जानु उपयुक्त हुने सुझाव दिए।
विशेष गरी जेनजी आन्दोलनले उठाएका मागहरू सम्बोधन नभएसम्म निर्वाचनको औचित्य पुष्टि नहुने लिङ्देनको भनाइ छ। भ्रष्टाचार नियन्त्रण र सुशासन आजको प्रमुख जनचाहना भएको उल्लेख गर्दै उनले यी मुद्दालाई किनारा नलगाएसम्म देशले निकास नपाउने जिकिर गरे।
अधिवेशनका क्रममा अन्य वक्ताहरूले पनि पार्टीभित्र युवाहरूको भूमिकालाई अझ प्रभावकारी र सशक्त बनाउनुपर्ने धारणा राखेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
तीन मौसमी वायुको असर : आज सातै प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
-
मेस्सीको खेलको प्रतीक्षा : समूह चरणको पहिलो खेलमा अल्जेरियासँग भिड्दै अर्जेन्टिना
-
निःशुल्क हवाई उद्धारले गर्भवती र सुत्केरीलाई सहज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण