राजनीति
कांग्रेसले समानुपातिक सूची सोमबार आयोगमा बुझाउने
आइतबार, १३ पुस २०८२, १७ : ५२
काठमाडाैँ । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक सूचि सोमवार निर्वाचन आयोगमा बुझाउने भएको छ । आइतबार सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले यसबारे जानकारी गराएका हुन् ।
केन्द्रीय कार्यसमितिको बैठकमा सात प्रदेशकै केन्द्रीय कार्य सम्पादन समितिमा रहेका नेताहरुसँग छलफल भइरहेको र अब सूची तयार गरेर सोमबारसम्म आयोगलाई बुझाउने बताए । समानुपातिक सूचीबाट १ सय १० जना सांसदहरु चयन हुने भएकाले समानुपातिक सूची तयार पार्नु पनि महत्वपूर्ण काम भएको बताए । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र रास्वपामा प्रवेश गरेका काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह दाग नलागेको व्यक्ति नभएको बताए । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण