कविशिरोमणि पौड्यालको १४२औँ जन्मजयन्ती मनाइँदै
गण्डकी । कविशिरोमणि लेखनाथ पौड्यालको १४२औँ जन्मजयन्ती अन्तर्गतका त्रिदिवसीय कार्यक्रम आइतबारदेखि सुरु भएका छन् ।
कार्यक्रमअन्तर्गत आज लेखनाथ काव्य परिचर्चा, खुला कविता प्रतियोगिता तथा विद्यालयस्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता गरिएका छन् ।
नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका पूर्वकुलपति साहित्यकार सरुभक्तले कवि शिरोमणि लेखनाथका काव्यको परिचर्चा गर्दै नेपाली साहित्यका क्षेत्रमा उनले गरेको योगदानबारे बताएका थिए ।
लेखनाथका काव्यमा अद्वैत बेदान्त दर्शन शीर्षकमा विद्यावारिधी गर्नुभएका डा बोधराज ढकाल, विन्दवासिनी संस्कृत विद्यापीठ पोखराका पूर्वप्राचार्य डा जगन्नाथ रेग्मी, साहित्यकार नारायण मरासिनीलगायतले लेखनाथका काव्यबारे चर्चा गरेका थिए ।
लेखनाथ लायन्स क्लबका अघ्यक्ष लायन बोधराज लामिछानेको अध्यक्षतामा भएको काव्य परिचर्चा कार्यक्रममा लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले लेखनाथका कविता सुनाएका थिए ।
त्रिदिवसीय कार्यक्रमअन्तर्गत यही पुस १४ गते कविशिरोमणि जन्मस्थल अर्घौ अर्चलेमा सरसफाइ गरिनेछ भने पुस १५ गते अर्चलेमा नै मूल समारोह हुने लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेलले जानकारी दिए।
कवि शिरोमणि पौड्यालको जन्मस्थल विकास समिति र लेखनाथ साहित्य प्रतिष्ठानको संयुुक्त आयोजनामा हुने कार्यक्रमको लेखनाथ उद्योग वाणिज्य सङ्घ, लेखनाथ पत्रकार मञ्च, लेखनाथ लायन्स क्लब, आमा समूह, युवा क्लब, बेगनास ताल बस सञ्चालक समिति सह–आयोजक रहेका छन् ।
विद्यालयस्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगितामा लक्ष्मी आदर्श माविकी मनिषा खनाल प्रथम, रिलायन्स पब्लिककी निष्ठा भट्टराई द्वितीय तथा लिटल फ्लावरकी सुदिक्षा पौडेल र जेसिएकी सुरक्षा बराल तृतीय भइन् ।
राष्ट्रव्यापी खुला कविता प्रतियोगितामा छन्दतर्फ रामलाल कुमाल प्रथम, प्रेमनारायण ढकाल द्वितीय तथा श्रीधर पाण्डेय र कृष्णप्रसाद पौडेल तृतीय भए । गद्यतर्फ केनिका गिरी प्रथम, उमाकान्त पोखरेल द्वितीय र सुदिना पौडेल तृतीय भइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
-
‘ओटिटी प्लेटफर्म’ अब कानुनी दायरामा, दर्ता र अनुमति अनिवार्य
-
पूर्वाधारदेखि एआईसम्म : बजेटको प्रभावकारितामाथि सांसद खुश्बु ओलीले उठाइन् प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण