मैले प्रहरीलाई गोली चलाउन आदेश दिएको थिइनँ, नैतिकताको आधारमा राजीनामा दिएँ : रमेश लेखक
काठमाडौँ । गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा आफूले प्रहरीलाई गोली चलाउने आदेश नदिएको तत्कालीन गृहमन्त्री रमेश लेखकले बताएका छन् ।
नेपाली कांग्रेस सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सोमबार पत्रकार सम्मेलन गर्दै लेखकले गोली चलाउन आदेश दिने कानुनी व्यवस्था र परम्परा नभएको पनि बताए ।
‘गृहमन्त्रीले आदेश दिने कानुनी व्यवस्था र अभ्यास छैन । पदीय नैतिकताका आधारमा राजीनामा दिएको हुँ,’ लेखकले भने, ‘मैले गोली प्रयोग गर्ने लिखित मौखिक आदेश दिएको छैन । राजनीतिक व्यक्ति भएका हैसियतले पदीय नैतिकताका आधारमा राजीनामा दिएको हुँ ।’
उनले सोमबार नै जेनजी आन्दोलनका क्रममा भएको घटनाबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगमा बयान पनि दिएका छन् ।
आयोगमा बयान दिएपछि गरेको पत्रकार सम्मेलनमा लेखकले आफू लोकतन्त्रवादी भएकाले घटना छानबिन गर्ने आयोगमा मात्रै होइन, जनताको आयोगमा पनि आफू बयान दिन तयार रहेको बताए ।
‘संसारको सबैभन्दा ठुलो आयोग जनताको आयोग हो । त्यसमा म प्रस्ट रूपमा बयान दिन सक्छु । सरकारले बनाएको आयोगमा त दिएर आइसके,’ लेखकले भने ।
उनले राष्ट्रिय अस्तित्व, मुलुकको स्वाभिमान र लोकतन्त्रको रक्षाविरुद्ध २४ गतेको घटना हटाइएको बताए । त्यो असल नियतका रूपमा गरिएको कार्य नभएको उनको भनाइ थियो । ‘सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत र राष्ट्रपति निवास जलाउने काम नेपाली मनले गर्ने काम होइन । यो लोकतन्त्रको विरुद्धमा गरिएको हर्कत हो,’ लेखकले भने, ‘यो घटना जेनजीले घटाएका होइनन् । जेनजीले घटाएका हुन् भन्दा अन्याय हुन्छ । यो आन्दोलनमा घुसपैठ भएर गरिएको काम हो । नेपाली मनले गर्न नसक्ने काम हो ।’
लेखकले २३ गते जेनजीको प्रदर्शन माइतीघरबाट हिँड्दा नै घुसपैठ भएको दाबी गरे । आन्दोलन हाइज्याक हुँदैछ, भनेर आन्दोलनकारीले नै भनेको बाहिर आएको बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण