गृहमन्त्रीलाई कुनै पनि कानुनले बल प्रयोगको निर्देशन दिने अधिकार दिएको छैन : पूर्वगृहमन्त्री लेखक
सारांश
- पूर्व गृहमन्त्री रमेश लेखकले जेन-जी आन्दोलनमा बल प्रयोगको आदेश नदिएको बताए।
- उनले नैतिकताको आधारमा गृहमन्त्रीबाट राजीनामा दिएको र सुरक्षा निकायलाई दिशानिर्देश मात्र दिएको जिकिर गरे।
- लेखकले प्रदर्शनमा बल प्रयोग गर्ने विषय स्थानीय प्रशासन र सुरक्षाकर्मीले नै निर्धारण गर्ने स्पष्ट पारे।
काठमाडौँ । काठमाडौँ । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा बल प्रयोग गर्न आफूले कुनै लिखित वा मौखिक आदेश नदिएको स्पष्ट पारेका छन् । जाँचबुझ आयोगमा बयान दिएलगत्तै पत्रकार सम्मेलन गर्दै उनले सुरक्षा निकायलाई बल प्रयोगको आदेश दिने कुनै संवैधानिक वा कानुनी व्यवस्था गृहमन्त्रीसँग नहुने जिकिर गरेका हुन् ।
आन्दोलनका क्रममा मानवीय क्षति भएपछि राजनीतिमा नैतिकतालाई सर्वोच्च मूल्य मानेर आफूले गृहमन्त्रीबाट राजीनामा दिएको उनले दाबी गरे । लेखकले २२ भदौमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा समग्र सुरक्षा अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूलाई दिशानिर्देश मात्रै दिएको बताए ।
त्यसलाई बल प्रयोगको आदेशका रूपमा व्याख्या गर्नु गलत हुने उनको भनाइ छ । प्रदर्शनका बेला कति र कसरी बल प्रयोग गर्ने भन्ने विषय तत्कालीन वस्तुस्थितिको आधारमा स्थानीय प्रशासन र फिल्डमा खटिएका सुरक्षाकर्मीले नै निर्धारण गर्ने उनले प्रष्ट पारे । ‘गृहमन्त्रीलाई कुनै पनि कानुनले बल प्रयोगका सम्बन्धमा निर्देशन दिने अधिकार दिएको छैन, न त यसबारे मन्त्रीलाई प्राविधिक ज्ञान नै हुन्छ,’ लेखकले भने ।
राजनीतिमा नैतिकता सबैभन्दा मूल्यवान् विषय भएकाले आफूले पद त्यागेको उल्लेख गर्दै उनले प्रदर्शनका क्रममा शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी सुरक्षा निकायको भएको बताए । जेन–जी आन्दोलनका मागहरू जायज भए पनि आन्दोलनमा घुसपैठ हुँदा मुलुकले ठुलो धनजनको क्षति व्यहोर्नुपरेकोमा उनले दुःख व्यक्त गरे । कानुनी र व्यवहारिक दुवै हिसाबले मन्त्रीले 'गोली चलाऊ' वा 'बल प्रयोग गर' भन्न नमिल्ने भन्दै उनले आफ्नो बचाउ गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण