समानुपातिक सूची बुझाएसँगै देश निर्वाचनमा होमियो : मन्त्री खरेल
गोरखा । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राजनीतिक दलले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएसँगै मुलुक सम्पूर्ण रूपमा निर्वाचनमा होमिएको बताएका छन् ।
स्मार्ट हुलाक घोषणा एवम् शुभारम्भ कार्यक्रलाई साेमबार सम्बोधन गर्दै उनले आगामी निर्वाचनमा सहभागी हुने सबै दलबाट निर्वाचन आयोगमा सूची दर्ता भएसँगै देश औपचारिक रूपमा निर्वाचन प्रक्रियामा होमिएको बताएका हुन् ।
मन्त्री खरेलले आगामी फागुन २१ गते चुनाव हुन्छ की हुँदैन भन्ने बहसको अन्त्य भइसकेको भन्दै तोकिएकै समयमा शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुने बताए।
“चुनाव हुन्छ कि हुँदैन भन्ने बहस पनि अब अन्त्य भइसकेको छ”, उनले भने, “आगामी निर्वाचन शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्नेगरी सबैले भाग लिने वातवारण बनाउनुपर्छ ।”
मन्त्री खरेलले विषम परिस्थितिमा पनि निर्वाचन हुँदै आएको उल्लेख गर्दै यसपटक सरकार र राजनीतिक दल निर्वाचन शान्तिपूर्ण रूपमा निर्वाचन गर्न सफल हुने विश्वास व्यक्त गरे ।
“निर्वाचनको पहिलो सर्त नै शान्ति सुरक्षा भएको हो । सरकारले ढुक्क भएर मतदान गर्ने वातावरण निर्माण गरिरहेको छ । सुरक्षा निकाय पूर्ण तयारी अवस्थामा रहेकाले शान्ति सुरक्षाको वातावरणमा कुनै समस्या हुँदैन । विगतमा जस्तै हामी निर्वाचन गरेर सफल उदाहरण पेस गर्नेछौँ”, उनले भने ।
मन्त्री खरेलले देशको विकास र समृद्धिका लागि सबैलाई निर्वाचनमा सक्रिय सहभागिता जनाउन र योग्य उम्मेदवारलाई विजयी गराउनसमेत आग्रह गरे ।
हरेक निर्वाचनमा 'इ–भोटिङ' तथा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषय यसपटक पनि चर्चामा रहेको उल्लेख गर्दै उहाँले त्यसमा सरकारले अझै प्रयास जारी राखेको बताए । अन्तरजिल्ला तथा वैकल्पिक मतदान प्रणालीबारे गम्भीर रूपमा छलफल भइरहेको पनि मन्त्री खरेलले जानकारी दिए ।
उनले सबै सरोकार भएकाहरूलाई निर्वाचन सफल बनाउन आह्वान गर्दै स्मार्ट हुलाक सेवामार्फत हुलाक सेवा घरघरमा पुर्याउन सम्बन्धित निकायलाई निर्देशन दिए।
कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले स्मार्ट गुलाक सुरुआत गरेर गोरखा जिल्ला हुलाक उदाहरणीय बनेको बताए। उनले सूचना प्रविधिको विकाससँगै हुलाक सेवालाई पनि रूपान्तरण गर्दै लाभ लिनुपर्ने र त्यसमा सरकारले काम गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ
-
नेकपा कोशीले बनायो १ हजार ४९९ सदस्यीय समिति, प्रचण्डले गराए शपथ
-
उद्योग मन्त्रालयद्वारा शासकीय सुधारका ३२ कार्य सम्पन्न
-
लागुऔषधविरुद्ध झापा प्रहरीको ‘स्वीप अपरेसन’
-
यी हुन् रास्वपाका निर्वाचित ७ पदाधिकारी र ९९ केन्द्रीय सदस्य (सूचीसहित)
-
१० बजे १० समाचार : भद्रगोल व्यवस्थापनकैबिच सकियाे रास्वपा महाधिवेशन, विवाद मिलाउन नेता फेरिएको फेरियै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण