शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

घण्टौँ ट्वाइलेटमा बस्ने बानीका कारण जागिर चैट

मङ्गलबार, १५ पुस २०८२, ०८ : ४१
मङ्गलबार, १५ पुस २०८२

सारांश

  • चीनमा एक इन्जिनियरलाई लामो समयसम्म ट्वाइलेटमा बस्ने बानीका कारण जागिरबाट निकालियो।
  • इन्जिनियरले कम्पनीविरुद्ध मुद्दा दायर गरेपछि, अदालतले उनको स्वास्थ्य समस्यालाई मान्यता दियो, तर उनले कम्पनीलाई जानकारी दिएनन्।
  • अदालतको फैसलापछि, कम्पनीले इन्जिनियरलाई क्षतिपूर्ति स्वरूप ३० हजार युआन भत्ता दिन सहमत भयो।

बेइजिङ । कसैकसैको बानी हुन्छ ट्वाइलेटमा लामो समयसम्म बस्ने । अहिले त झन् हातमा स्मार्टफोन बोकेर ट्वाइलेट गएपछि स्क्रिनमा स्क्रोल गर्दागर्दै कति समय बितेको हुन्छ पत्तै हुन्न । यस्तो बानीले एकातिर स्वास्थ्यमा त नकारात्मक असर पार्छ नै अर्को तिर ठुलै समस्या पनि निम्त्याउँछ । 

ली थर भएका व्यक्ति एक दशकभन्दा बढी समयदेखि चीनको जियाङ्सु प्रान्तको एक कम्पनीमा इन्जिनियरको रूपमा काम गरिरहेका थिए । तर कार्यालय समयका बीचमा उनी बारम्बार र लामो समयसम्म बाथरुममा बस्थे । उनको यो बानीबाट दिक्क बनेको कम्पनीले उनलाई जागिरबाट निकालिदियो । इन्जिनियरले बर्खास्तीको मामिलालाई लिएर आफ्नो पूर्व रोजगारदातालाई मुद्दा हालेपछि यो घटना बाहिर आएको छ ।

आफ्नो बचाउमा नाम नखुलाइएको कम्पनीले लिले अप्रिल र मे २०२४ बिचको ३० दिनको अवधिमा १४ वटा लामो बाथरूम ब्रेक लिइरहेको देखाइएको सर्भिलियन्स फुटेज पेस गरेको छ । यसमध्ये एउटा फुटेजमा ली चार घण्टा ट्वाइलेटमा बसेका थिए । लीको पदले गर्दा कामको समयमा उनी सधैँ उपलब्ध हुन जरुरी भएक्को तर उनी बारम्बार हराइरहने गरेको बताइएको छ । ली काम गर्ने ठाउँमा नभेटिएपछि व्यवस्थापनले उनीसँग च्याट एप मार्फत सम्पर्क गरेको तर कुनै जवाफ प्राप्त नभएको प्रमाण कम्पनीका वकिलहरूले प्रस्तुत गरेका छन् ।

अर्कोतर्फ इन्जिनियरले गत वर्षको मे र जुनमा आफ्नो पार्टनरले अनलाइनबाट किनेको हेमोरोइड औषधिको साथमा २०२५ को जनवरीको उनको शल्यक्रिया रेकर्ड बुझाएका छन् । उनी उनका वकिलहरूले अदालतलाई उनको लामो बाथरूम ब्रेक उनको अवस्थाले जायज ठहराएको भन्दै कम्पनीले कामबाट निकालेको क्षतिपूर्ति स्वरुप  ३ लाख २० हजार युआन दिलाइदिन माग गरेका छन् ।

यस मुद्दाको फैसला गर्दा अदालतले प्रतिवादीको पक्ष लियो ।  कामको समयमा बाथरुममा बिताएको समय उनको शारीरिक आवश्यकताहरू निकै बढी भएको अदालतको फैसला थियो । लिलेआफ्नो स्वास्थ्य समस्याहरूको बारेमा कम्पनीलाई जानकारी दिन र आफ्नो सम्झौतामा आवश्यक ताअनुसार चिकित्सा बिदा लिन असफल भएको पनि बताइएको छ । कम्पनीले लीलाई उनको कामको सम्झौतामा उल्लेख गरिएका आधारमा बर्खास्त गर्नु अघि श्रमिक सङ्घको अनुमति  मागेको पनि भनिएको छ ।

दुई वटा ट्रायलपछि  दुवै पक्षले मुद्दा सुल्झाए । कम्पनीले लीलाई उनको विगतको योगदानको  र बेरोजगारीका कारण उनले भोग्नु परेको आर्थिक कठिनाइहरूको क्षतिपूर्तिको रूपमा ३० हजार युआन  भत्ता प्रदान दिन सहमत भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप