आधुनिकताका कारण संस्कृति बचाउन मुस्किल भएको छ: मुख्यमन्त्री कँडेल
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले नेपाल सानो मुलुक भए पनि धर्म, संस्कृतिका हिसाबले धनी भएको बताएका छन् । तमु (गुरुङ) ल्होसार पर्वको अवसमा वीरेन्द्रगरमा मंगलबार आयोजित कार्यक्रममा घना बस्ती बढ्दै जाँदा एक घरले अर्को घरकालाई नचिन्ने अवस्था सिर्जना भएको बताए ।
एकता, सद्भाव, संस्कृति हस्तान्तरण गरेर कला, संस्कृति जोगाउन अहिलेको पुस्ताले ध्यान दिनुपर्नेमा उनको जोड छ । मुख्यमन्त्री कँडेलले बढ्दै गएको आधुनिकताले हाम्रा कला संस्कृति, वेशभुषाहरू हराउने हुन् की भन्ने चिन्ता बढेको बताए । उनले भने, “आधुनिकताका कारण संस्कृति बचाउन मुस्किल भएको छ ।”
कर्णालीमा हाल विकास निर्माणका कामहरूले गति लिएको दाबी गर्दैै मुख्यमन्त्री कँडेलले भएको विकासलाई सदुपयोग गर्नसमेत आग्रह गरे । 'सडक निर्माण गरियो तर, हिँड्न जानिएन भने दुर्घटना हुन्छ, त्यस्तै पूर्वाधारको संरक्षण पनि हामीले नै गर्नुपर्छ,' उनले भने ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण