लेखनाथ साहित्य पुरस्कार प्राध्यापक कँडेललाई प्रदान
काठमाडौँ । लेखनाथ साहित्य पुरस्कार प्राध्यापक घनश्याम कँडेललाई प्रदान गरिएको छ ।
कवि शिरोमणि लेखनाथ पौड्यालको १४२ औँ जन्मजयन्तीको अवसर पारेर लेखनाथ साहित्य प्रतिष्ठान पोखराबाट स्थापित उक्त पुरस्कार मंगलबार काठमाडौँमा प्राध्यापक कँडेललाई प्रदान गरिएको हो ।
नगद रु एक लाख राशिको उक्त पुरस्कार नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले प्राध्यापक कँडेललाई हस्तान्तरण गरे । कार्यक्रममा पूर्वकुलपति उप्रेतीले नेपाली साहित्य र वाङ्मयको क्षेत्रमा कवि शिरोमणि पौड्यालकोे भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे ।
उनले कवि शिरोमणिको योगदानलाई पोखराका साहित्यकारले कदर गरी उनको जन्मस्थान अर्चलेमा विभिन्न कार्यक्रम आयोजना हुनु आफैँमा खुसीको कुरा रहेको बताए । उक्त प्रतिष्ठाले दुई दशकभन्दा लामो समयदेखि विशिष्ट साहित्यकारलाई सम्मान गर्नु सराहनीय काम भएको उनले बताए।
पुरस्कृत व्यक्तित्व प्राध्यापक कँडेलले परिस्कारवादी कविता लेख्ने महान् कवि पौड्याल भएको बताउनुभयो । पौड्यालको कवितालाई तीन चरणमा बाँडेर अध्ययन गर्नुपर्ने उनको भनाइ थियो ।
नेपाल शिक्षा परिषद्की अध्यक्ष रमा शर्माले नेपाली साहित्य क्षेत्रको शिखर व्यक्तित्व कवि शिरोमणि लेखनाथ पौड्याल भएको बताए । लेखनाथ पौड्याल नेपाली शिक्षा परिषद्को पहिलो अध्यक्ष भएको उनले स्मरण गरे ।
लेखनाथ साहित्य प्रतिष्ठान पोखराका पूर्वअध्यक्ष एवं पुरस्कार कोषका अध्यक्ष डा. शुक्र अधिकारीले २०५४ सालमा लेखनाथ साहित्य प्रतिष्ठान स्थापना गरी उहाँको साहित्यिक अभियानलाई अगाडि बढाउँदै आएको बताए ।
उक्त प्रतिष्ठानले यसअघि प्रा.डा. वासुदेव त्रिपाठी, जगमान गुरुङ, सरुभक्त श्रेष्ठ, धर्मराज थापा, मुकुन्दशरण उपाध्यायलगायतका थुप्रै स्रष्टालाई सम्मान गरिसकेको छ ।
धादिङको मलेखु स्थायी घर हुनुभएका कँडेल संस्कृत, नेपाली र अङ्ग्रेजीका ज्ञाता हुनुका साथै छन्द साधना र कविता लेखनमा विशेष दख्खल राख्छन् । प्राध्यापक कँडेलको खण्डकाव्य ‘धृतराष्ट्र’ खण्डकाव्यले विसं २०७३ मा मदन पुरस्कार प्राप्त गरेको थियो ।
प्राध्यापक कँडेलले नेपाली शिक्षा परिषद्बाट भानुभक्त पुरस्कार र मस्र्याङ्दी वाङमय प्रतिष्ठानबाट राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कारसमेत प्राप्त गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण