शीतलहरका कारण दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध, यात्रुहरूको बिचल्ली (तस्बिरहरू)
सारांश
- शीतलहरले गर्दा नारायणगढ-बुटवल सडकखण्डको दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध भएको छ।
- सडक चिप्लो हुँदा सवारी साधन चिप्लिने समस्याले गर्दा लामो जाम लागेको छ।
- यात्रुहरूले सास्ती पाएका छन् भने ट्राफिक प्रहरीले जाम हटाउने प्रयास गरिरहेको छ।
काठमाडौँ । शीतलहरका कारण नारायणगढ–बुटवल सडकखण्ड अन्तर्गतको दाउन्ने क्षेत्रमा राजमार्ग अवरुद्ध भएको छ । शीतलहरका कारण पश्चिम नवलपरासीको दाउन्ने खुर्सानी खोला क्षेत्रको सडक चिप्लो भएको हुँदा सवारी साधन चिप्लिने तथा अड्किने समस्याका कारण राजमार्ग अवरुद्ध भएको हो ।
राजमार्गमा केहि दिनदेखि सवारी साधनहरूको लामो जाम लागेको छ । शीतलहरका कारण राजमार्ग अवरुद्ध हुँदा यात्रुहरूले निकै सास्ती पाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक विनोद जोशीका अनुसार बिस्तारै बिस्तारै सवारी साधनहरूको जाम कटाए पनि बाक्लो हुस्सु सहित शीतलहर परेका कारण सवारी सञ्चालनमा निकै कठिनाइ भएको छ ।

नारायणगढ–बुटवल सडक खण्डको पूर्वी खण्ड तर्फ दाउन्ने देखी दुम्कीबास जङ्गलसम्म करिब पन्ध्र सय सवारी साधनको जाम लागेको सूचना अधिकारी जोशीले बताए । तस्बिर : नेपाल फोटो लाइब्रेरी











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण