माओवादी मासियो, राप्रपा कहिल्यै मासिँदैन : बुद्धिमान तामाङ
बुधबार, १६ पुस २०८२, १४ : ५२
सारांश
- बुद्धिमान तामाङले राप्रपाका नेताहरू अन्यत्र गए पनि पार्टीको अस्तित्व नमेटिने बताए।
- उनले राप्रपा नेपालसँगको पार्टी एकता सभामा सम्बोधन गर्दै यस्तो धारणा राखेका हुन्।
- उनले राजसंस्थाको आवश्यकता बढ्दै गएको र माग पूरा हुने दाबी गरे।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले राप्रपाका नेताहरू यताउता भए पनि राप्रपाको अस्तित्व कहिल्यै नमासिने बताएका छन् ।
बुधबार काठमाडौँमा राप्रपा नेपालसँगको पार्टी एकता सभालाई सम्बोधन गर्दै नेता तामाङले यस्तो बताएका हुन् । ‘राप्रपा भन्ने पार्टी कहिल्यै मासिँदैन, संसारमा रहेका राजनीतिक दलका तीन धारमध्ये एउटा धार हामीले समातेका छौ’, तामाङले भने, ‘१० वर्ष जनयुद्ध गरेको माओवादी सत्तामा आएपछि १९ वर्ष पनि नटिकिकन त्यो दल (माओवादी) नै मासियो । तर राप्रपा कहिल्यै मासिँदैन भन्ने कुरा ध्रुवसत्य हो ।’
नेता तामाङले राजसंस्थाको आवस्यकता थप आवश्यक हुँदै गएको भन्दै अब आफूहरूले अघि सारेको माग पुरा हुने चरणमा पुगेको दाबी समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण