निर्वाचनको तयारीसँगै अन्योल हट्यो: प्रचण्ड
सारांश
- प्रचण्डले निर्वाचनको तयारीले अन्यौलता हटेको बताए, जसले देशमा सकारात्मकता ल्याएको छ।
- उनले निर्वाचन नै निकास भएको र सरकारको दृढता प्रशंसनीय रहेको उल्लेख गरे।
- प्रचण्डले निजी क्षेत्रको संरक्षण र लगानीको वातावरण बनाउनुपर्नेमा जोड दिए।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको तयारीसँगै देशमा अन्योल हटेको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य विषयक सर्वपक्षीय राष्ट्रिय संवादमा प्रचण्डले जेनजी आन्दोलनपछि देखिएको अन्योल निर्वाचनको तयारीसंग हटेर गएको बताएका हुन् । उनले धेरै अप्ठेरो र जटिलताकाबीच निर्वाचन नै देशको निकास हो भनेर सरकारले गरेको दृढ प्रदर्शन प्रशंसनीय रहेको धारणा राखे ।
अहिले सबै राजनीतिक दल र आम जनताले निर्वाचनको मानसिकता बनाइएकोले कुनै अन्योल नरहेको उनको भनाइ छ । प्रचण्डले ताजा जनदेशमार्फतको संसदबाट जेनजीका मुद्दालगायत संविधानका सीमा र कमीहरुलाई संशोधनमार्फत सुधार गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै प्रचण्डले निजी क्षेत्रलाई संरक्षण, प्रोत्साहन र लगानीको वातावरण बनाउन नसके मुलुक विकास र समृद्धितर्फ अघि बढ्न नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा प्राविधिकमाथि कुटपिट
-
सलमान खानले छाड्न लागेका हुन् ग्यालेक्सी अपार्टमेन्ट ?
-
रास्वपामा बालबालिकाको प्रयोग : पार्टी मौन, मानवअधिकार आयोग बेखबर
-
पूर्वशेफद्वारा काइली जेनरमाथि गम्भीर आरोप
-
सर्लाहीका निलम्बित मेयर भरत थापालाई साधारण तारेखमा राख्न आदेश
-
गृहमन्त्रीपछि उद्योगमन्त्रीको गाडीको कालो सिसा हटाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण