राप्रपाका एजेन्डाको लोकप्रियता र स्वीकार्यता बढेकाे छ : राजेन्द्र लिङ्देन
सारांश
- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका एजेन्डाको लोकप्रियता बढेको दाबी गरे।
- उनले देशमा चुनौती बढेको र सबै शक्तिबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताए।
- लिङ्देनले निर्वाचन आयोगको कार्यशैलीप्रति आपत्ति जनाउँदै पार्टीमा कमल थापाको रिक्तताको बारेमा कुरा गरे।
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले उठाउँदै आएको एजेन्डाको लोकप्रियता बढेको दाबी गरेका छन् । बुधबार राप्रपा नेपालसँगको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन् । उनले देशमा चुनौतीहरू बढ्दै गएको भन्दै आफ्नो पार्टीले अघि सारेका एजेन्डाहरू लोकप्रिय बन्दै गएको बताए ।
‘हाम्रो एजेन्डाको लोकप्रियता र स्वीकार्यता बढेको छ’, अध्यक्ष लिङदेनले भने, ‘तर त्यही ढङ्गले अव पार्टीको स्वीकार्यता पनि बढाउनुपर्ने र विचारसँग सहमत मानिसलाई यहीँ ल्याउनुपर्छ’ राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डा अघि सार्दै आएको छ । अध्यक्ष लिङ्देनले सोही कारण सबैले जित्ने निष्कर्ष निकाल्न सबै शक्तिहरूबिच राष्ट्रिय सहमति गरेर मेलमिलापको बाटोमा लानुपर्ने बताए ।
उनले निषेधको राजनीति गर्न नहुने भन्दै कांग्रेसले वीपीलाई साँच्चै मान्ने हो भने मेलमिलापका लागि अगुवाइ गर्न आग्रह समेत गरे । लिङ्देनले भदौमा भएको आन्दोलन अन्त्य नभएको भन्दै अझै ठुलठुला आन्दोलन हुनसक्ने बताए । उनले निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै कालोसूची भनेर नाम प्रकाशित गरेकोमा आपत्ति जनाए । आयोगको कामले नै चुनाव भाँड्न लागेको त होइन भनेर प्रश्न उठेको बताए ।
उनले फरक प्रसङ्गमा पार्टीमा कमल थापा नहुँदा केही रिक्तता महसुस भएको भन्दै राेएर हिँड्न पनि नमिल्ने भएकाले बाध्यताले पार्टी चलाउनुपरेको सुनाए ।
‘आज रिक्तता पूर्ण भएको छ । सबैभन्दा बढी म खुसी छु । पार्टी कोही एक्लैले चलाउने होइन सबै मिलेर चलाउने हो’, लिङदेनको भनाइ छ । उनले थापासँगै फर्केकाहरूले कुनै अन्यथा लिनु नपर्ने र सबैलाई मिलाएर लैजाने दाबी समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
तीन मौसमी वायुको असर : आज सातै प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
आज पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
-
मेस्सीको खेलको प्रतीक्षा : समूह चरणको पहिलो खेलमा अल्जेरियासँग भिड्दै अर्जेन्टिना
-
निःशुल्क हवाई उद्धारले गर्भवती र सुत्केरीलाई सहज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण