बढ्दो महँगीविरुद्ध इरानमा चौथो दिन पनि प्रदर्शन
सारांश
- इरानमा बढ्दो महँगीको विरोधमा प्रदर्शनहरू भएका छन्।
- कुह दश्तमा सुरक्षा बल र प्रदर्शनकारीबीच झडप हुँदा एक जनाको मृत्यु र १३ जना घाइते भए।
- तेहरान विश्वविद्यालयमा एक छात्रा पक्राउ परेकी छिन् र अन्य शहरहरूमा पनि विरोध प्रदर्शनहरू भए।
तेहरान । हालैका दिनमा आकाशिएको महँगी विरुद्ध इरानी जनता सडकमा उत्रिएका छन् । यी विरोध प्रदर्शनहरू इरानका धेरै सहरहरूमा भइरहेका बताइएको छ ।
बीबीसी फारसी सेवाका अनुसार इरानका विभिन्न सहरहरूमा राती विरोध प्रदर्शन भएका तस्बिरहरू बाहिराएका छन् । कुह दश्तमा सुरक्षा बलले प्रदर्शनकारीहरूलाई तितरबितर पार्न हिंसात्मक गतिविधि गरेको बताएका छन् ।
कुह दश्तमा एक जनाको मृत्यु भएको र १३ जना घाइते भएको लोरेस्तानका अधिकारीहरूले बताएका छन् । कुह दश्तबाट बाहिर आएका तस्बिरहरूले प्रहरीले प्रदर्शनकारीहरूमाथि गोली चलाएको देखाउँछ ।
यसैबिच, तेहरानको बेहेश्ती विश्वविद्यालयमा बालिकाहरूको छात्रावास अगाडि एक छात्रालाई पक्राउ गरिएको छ । बीबीसी फारसी सेवाका अनुसार बुधबार साँझ परेसँगै केही इरानी सहरहरूमा छिटपुट विरोध प्रदर्शनहरू भएका थिए । हमादान, कुह दश्त, जेनेभेह, डोरुड र अलिगुदार्ज सहरहरूमा पनि विरोध प्रदर्शनको आयोजना गरिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
-
मैत्रीपूर्ण खेलमा पोर्चुगलद्वारा चिली पराजित
-
बाढीले अवरुद्ध दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा
-
फलहरूको राजा आँप: मधुमेहका बिरामीले खान मिल्छ कि मिल्दैन ? यस्ता छन् फाइदा र खानुपर्ने सही तरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण