अंग्रेजी नयाँ वर्षमा जनकपुरधाममा बढे पर्यटक
जनकपुरधाम । अंग्रेजी नयाँ वर्ष २०२६ को आगमनको अवसरमा जनकपुरधाममा पर्यटकहरुको भीड बढेको छ । अंग्रजी नयाँ वर्ष मनाउन जनकपुरधाममा आन्तरिक तथा भारतीय पर्यटकहरुको घुइँचो लागेको हो । जानकी मन्दिरमा दर्शन तथा पूजापाठ गरेर नयाँ वर्षको शुरुवात सुखमय होस् भन्ने अभिलाषाका साथ जनकपुरधाममा पर्यटकहरु आएका छन् ।
बिहानैदेखि जनकपुरधामको जानकी मन्दिर, राम मन्दिरलगायतका मठ मन्दिरहरुमा पर्यटकहरुको भीड छ । भारतीय गाडीहरुको चाप बढेको छ । महोत्तरीको जलेश्वर भिठामोड र धनुषाको जटही नाकाबाट भारतीय पर्यटकहरु अत्यधिक रुपमा जनकपुरधाम आएका छन् ।
पछिल्लो वर्ष नेपालले राजनीतिक रुपमा ठूलै संकटको सामना गर्नुपरेको र आउने दिन नेपालकालागि सुखमय होस् भन्ने कामना दर्शनार्थीहरुले गरेका छन् । नयाँ वर्षमा अहिले अत्याधिक रुपमा पर्यटकहरु आएका कारणले व्यापार र व्यवसायसमेत राम्रै चलेको छ । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजको मौसम : कतै बादल र वर्षाको भेल, कतै टन्टलापुर घाम र तातो दिन
-
आइभरी कोस्ट र इक्वेडरबिचको पहिलो हाफ गोलरहित बराबरी
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
मङ्गलाको तटीय क्षेत्रमा कटान र बाढीको जोखिम
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण