कास्की जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड : पोखरा महानगरपालिका च्याम्पियन
कास्की । पोखरा महानगरपालिकाले कास्की जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड लगातार चौथोपटक जितेको छ । पोखरा रङ्गशालामा आज सम्पन्न १६ औँ संस्करणको प्रतियोगितामा सर्वाधिक पदक जितेर पोखरा च्याम्पियन बन्यो ।
‘राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद’ नारासहित विद्यालय तहबाटै खेलाडी उत्पादन र विकासका लागि राष्ट्रपति रनिङ शिल्ड आयोजना हुँदै आएको छ ।
पोखराले प्रतियोगितामा समावेश भएका चार खेलमा २० स्वर्ण, आठ रजत र ६ कास्य पदक जित्न सफल भयो । यस्तै माछापुच्छ्रे गाउँपालिका दुई स्वर्ण, सात रजत र आठ कास्य जितेर दोस्रो तथा अन्नपूर्ण गाउँपालिका दुई स्वर्ण, पाँच रजत र सात कास्यसहित तृतीय भयो ।
यसैगरी रुपा गाउँपालिकाले दुई स्वर्ण, चार रजत र पाँच कास्य तथा मादी गाउँपालिकाले एक रजत र एक कास्य पदक प्राप्त गर्यो । प्रतियोगिताअन्तर्गत एथलेटिक्स, भलिबल र कबड्डीका स्पर्धा भएका थिए ।
पोखरा महानगर छात्रछात्रा भलिबलमा जित हात पार्दै च्याम्पियन हुँदा कबड्डीमासमेत छात्रछात्रातर्फ च्याम्पियन भयो । एथलेटिक्सतर्फ पोखराले १६ स्वर्ण, आठ रजत र छ कास्य पदक जित्दा, अन्नपूर्णले दुई स्वर्ण, पाँच रजत र चार कास्य जित्न सफल भयो ।
उपाधि बिजेता पोखरा महानगरको टिमलगायत अन्य टोली तथा खेलाडीलाई जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरूङ, प्रतियोगिताका संयोजक रामचन्द्र गिरी, टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायणप्रसाद शर्मा, जिल्ला खेलकुदका कार्यालय प्रमुख डिबी नेपालीलगायतले ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरे । प्रतियोगितामा जिल्लाका पाँच पालिकाका २७० खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका समूह विजेता र अस्ट्रेलिया उपविजेताका रूपमा नकआउट चरणमा
-
काठमाडौँ र पोखरामा मध्यम वर्षा, नेपालगन्जमा तातो हावाको लहर चल्ने
-
रातभरको सहमति प्रयास असफल, निराश भएर निस्किए रवि लामिछाने
-
‘नयाँ सिर्जना गर्न केही जोखिम त लिनै पर्छ’
-
छालामा देखिने राता धब्बा क्यान्सरका लक्षण हुन् ?
-
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण