मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
राजनीति

कांग्रेस कार्यसम्पादन समितिको बैठकअघि दुवै पक्ष आन्तरिक छलफलमा

संस्थापनको बैठक सिद्धार्थ कटेजमा
शुक्रबार, १८ पुस २०८२, ११ : १७
शुक्रबार, १८ पुस २०८२

सारांश

  • नेपाली कांग्रेसका महामन्त्रीद्वयले संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशन स्थगित गरेपछि छलफल सुरु भएको छ।
  • कार्यसम्पादन समिति बैठकअघि दुवै पक्षले आ-आफ्ना रणनीति बनाउन छलफल गरिरहेका छन्।
  • सभापति देउवाले विशेष महाधिवेशन भए पार्टी फुट्ने भन्दै आफूनिकट नेताहरूसँग छलफल गरिरहेका छन्।

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशन स्थगित गरेपछि त्यसबारे छलफल गर्न शुक्रबार दिउँसो ३ बजेका लागि कार्यसम्पादन समिति बैठक आह्वान भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठक अगाडि आ–आफ्ना रणनीति तय गर्न दुवै पक्ष छलफल गरिरहेका छन् । 

संस्थापन समूहले साढे १२ बजे ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा संस्थापन समूहबाट कार्यसम्पादन समितिमा रहेका नेताहरूको बैठक बोलाएको छ । संस्थापन पक्षीय सहमहामन्त्री महेन्द्र यादवले कार्यसम्पादन समितिको बैठक अघि संस्थापन समूहका कार्यसम्पादन समितिमा रहेका नेताहरूको बैठक बोलाइएको जानकारी दिए ।

 ‘कार्यसम्पादन समिति बैठकअघि हाम्रो समूहका कार्यसम्पादनमा रहेका नेताहरूले छलफल गर्दैछौँ । सिद्धार्थ कटेजमा,’ सहमहामन्त्री यादवले रातोपाटीसँग भने ।

यता केन्द्रीय समितिको बैठकले तय गरेको नियमित महाधिवेशन विज्ञप्तिमार्फत स्थगन गरेका महामन्त्रीद्वय थापा र शर्माले पनि कसरी अगाडि बढ्ने भन्नेबारे नेताहरूसँग छलफल गरिरहेका छन् ।  

सभापति देउवा भने विशेष महाधिवेशन गरियो भने पार्टी नै फुट्छ भन्दै आइरहेका छन् । उनले त्यो हुन नदिन आफू निकटका नेताहरूलाई भनिरहेका छन् ।

अहिले संस्थापन समूहको बैठक अगाडि कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला, प्रवक्ता प्रकाशशरण महत लगायतसँग छलफल गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप