अमेरिकासँग तनाव बढ्दै जाँदा भेनेजुएलामा पक्राउ पर्ने अमेरिकी बढे
कारकास । भेनेजुएलाका सुरक्षा बलले कम्तीमा पाँच अमेरिकीहरूलाई हिरासतमा लिएको छ । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोविरुद्ध दबाब अभियान चलाइरहँदा दुई देशबिचको सम्बन्ध झनै चिसिइरहेको छ ।
यस्तोमा त्यहाँ अमेरिकीहरू पक्राउ पर्ने क्रम बढेको यस मामिलासँग परिचित एक अमेरिकी अधिकारीले बताए छ ।
व्यक्तिअनुसार मामिला फरक हुन सक्ने र केही लागूपदार्थ तस्करीमा संलग्न हुन सक्ने अधिकारीले बताएका छन् । भेनेजुएलामा पक्राउ पर्ने समयमा ती अमेरिकीहरूले के गरिरहेका थिए भन्ने बारे अमेरिकी अधिकारीहरूले जानकारी सङ्कलन गरिरहेको बताइएको छ ।
अमेरिकासँगको मोलमाेलाईमा आफ्नो पल्ला भारी बनाउन मादुरो सरकारले अमेरिकीहरूलाई हिरासतमा राखेको ठानिएको छ । अमेरिकाले यतिबेला मदुरोविरुद्धको दबाब अभियानअन्तर्गत लागूपदार्थ बोकेका जहाजहरूमा आक्रमण गर्ने, भेनेजुएलाको बन्दरगाहमा हमला गर्ने, तेल विक्रीमा नाकाबन्दी लगायतका कारबाही हालैका महिनामा तीव्र पारिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण