भारतीय विदेशमन्त्रीले कसलाई संकेत गरेर भने– ‘छिमेकी खराब पनि हुन सक्छन्’ ?
सारांश
- भारतीय विदेशमन्त्री एस जयशंकरले छिमेकी खराब पनि हुन सक्ने बताएका छन्।
- उनले भारतले आफ्नो सुरक्षाका लागि आवश्यकता अनुसार जे पनि गर्ने बताए।
- जयशंकरको भनाइ पाकिस्तान लक्षित रहेको अनुमान गरिएको छ, र उनले आतंकवाद फैलाए आत्मरक्षाको अधिकार रहेको बताए।
काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकरले छिमेकी खराब पनि हुन सक्ने बताएका छन् । भारतले आफ्नो बचाउमा के गर्नुपर्छ र के गर्नु हुँदैन भनेर अर्को देशले तय गर्न नमिल्ने पनि उनले प्रस्ट पारेका छन् ।
शुक्रबार आईआईटी मद्रासमा आयोजित ‘शस्त्र २०२६– आईआईटी मद्रास टेक्नो–इन्टरटेनमेन्ट फेस्ट’ उद्घाटन कार्यक्रममा भारतीय विदेशमन्त्री जयशंकरले यस्तो धारणा राखेका हुन् । उनले आफ्नो सुरक्षाका लागि भारतले आवश्यकता अनुसार जे पनि गर्ने बताए ।
कार्यक्रममा भारतको विदेश नीतिका बारेमा विदेशमन्त्री जयशंकरसँग प्रश्न सोधिएको थियो । जबाफमा उनले भने, ‘छिमेकी खराब पनि हुन सक्छन् । यदि हामी पश्चिमतिर हेर्छौं भने थाहा हुन्छ– दुर्भाग्यले हाम्रोसाथ पनि यस्तै छ ।’
जयशंकरको यो भनाइ पाकिस्तान लक्षित रहेको आकलन गरिएको छ । उनले अगाडि भने, ‘यदि कुनै देश जानाजान आतंकवाद फैलाइरहेको छ भने हामीसँग आतंकवादविरुद्ध आत्मरक्षाको अधिकार छ ।’
कसैले पनि भारतलाई के गर्नु पर्छ र के गर्नु हुँदैन भनेर त्यस्तो अवस्थामा सिकाउन जरुरी नरहेको उनको भनाइ थियो ।
उनले राम्रा छिमेकीका रूपमा श्रीलंकाको उदाहरणसमेत दिए ।
विदेशमन्त्री जयशंकरले भने, ‘जब हामी आफ्नो छिमेकीलाई हेर्छौं, राम्रो छिमेकी देशमा लगानी गर्छौं । उनीहरूलाई सहयोग गर्छौं ।’
कोरोना महामारीको समयमा छिमेकीलाई खोप सहयोग उपलब्ध गराएको पनि उनले उल्लेख गरे । उनले भने, ‘श्रीलंका आर्थिक संकटले घेरिएको समयमा भारतले सहयोग गरेको थियो । उसलाई चार अर्ब डलरको आर्थिक सहायता प्रदान गरियो ।’
भारतका अधिकांश छिमेकीले भारतको विकास उनीहरूका लागि राम्रो हुने विश्वास राख्दै आएको विदेशमन्त्री जयशंकरले चर्चा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाह्रा काटेपछि ध्रुर्वे निकुञ्जभित्रै
-
काठमाडौँसहित देशका विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
-
आठ हजार मेट्रिकटन मल बिक्री
-
चेक बाउन्स प्रकरणबारे आशिका : पीडित पक्ष म नै हुँ
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण