'रास्वपा सम्मिलित यो सरकारले निर्वाचनको वातावरण बनाउन सक्दैन'
जाजरकोट । सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको नेकपा एमाले नेता निरज आचार्यले आरोप लगाएका छन् ।
जाजरकोट जिल्ला सदरमुकाम खलङ्गामा आयोजित नेकपा एमालेको ११औँ राष्ट्रिय अधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूलाई बधाई तथा शुभकामना दिने कार्यक्रममा आचार्यले वर्तमान सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भएको घुमाउरो दाबीसमेत गर्दै यस्तो आरोप लगाएका हुन् ।
कार्यक्रममा नेता आचार्यले वर्तमान सरकारको कार्यशैलीका कारण देशमा निष्पक्ष र स्वतन्त्र निर्वाचन हुने आधार कमजोर बन्दै गएको बताए । ‘सरकारले सुरक्षा, राजनीतिक गतिविधि र नागरिक सहभागिताको वातावरण निर्माण गर्न सकेको छैन,’ उनले भने, ‘यस्तो अवस्थामा निष्पक्ष निर्वाचनप्रति गम्भीर आशंका पैदा भएको छ।’
आचार्यका अनुसार लुटिएका हतियार र फरार कैदीबन्दीको विषयमा सरकारले कुनै चासो नदेखाउँदा नागरिकमा असुरक्षा बढेको छ। ‘लुटिएका हतियार फिर्ता गर्ने र फरार कैदीबन्दी पक्राउ गर्ने काममा सरकार गम्भीर देखिँदैन,’ उनले भने, ‘यस्तो अवस्थामा निर्वाचनको कुरा गर्नु आफैंमा विरोधाभास हुन्छ ।’
आफ्ना अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई काठमाडौंबाहिर जान नदिइएकोमा पनि उनले आक्रोश व्यक्त गरे । नेताहरू नागरिकसँग प्रत्यक्ष भेटघाट गर्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै उनले भने, ‘नागरिकसँग नेता जाने वातावरण नै छैन, सरकारले त्यो वातावरण बनाउन सकेको छैन ।’
कुलमान घिसिङ मन्त्री बनेको सन्दर्भ उठाउँदै उनले राजनीतिक गतिविधि अझै संकुचित भएको बताए । ‘जनताको बिचमा जानबाट एमाले अलग हुँदैन,’ उनले भने, ‘हामी जनतामाझ जान तयार छौं, तर सरकारले आवश्यक वातावरण निर्माण गर्नुपर्छ ।’
आचार्यले प्रतिनिधिसभाको पुनर्स्थापना, सर्वदलीय सरकार गठन र ताजा जनादेशमा जान एमाले तयार रहेको स्पष्ट पारे । ‘निर्वाचन हुन्छ कि हुँदैन भन्ने निश्चित छैन,’ उनले भने, ‘यसको मुख्य जिम्मेवारी सरकारकै हो ।’ उनका अनुसार तत्काल सुरक्षा व्यवस्था सुदृढ गर्दै राजनीतिक गतिविधि र नागरिक सहभागिताको भरोसायोग्य वातावरण निर्माण नगरेसम्म निर्वाचन प्रक्रिया नै प्रश्नको घेरामा रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण