दुई लाख ८० हजार घुससहित शिक्षा कार्यालय प्रमुख प्रकाउ
मङ्गलबार, ०१ साउन २०७५, ०७ : ५०
कपिलवस्तु - कपिलवस्तुका साविक जिल्ला शिक्षा अधिकारी तथा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सुरेन्द्र पराजुली सोमबार दुई लाख ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
शिक्षक सरुवा तथा कर्मचारीको तलब निकासामा ढिलाइ गरी घुस मागेको सुचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उनलाई घुस रकम सहित सोमबार पक्राउ गरेको हो ।
अख्तियारका प्रवक्ता रामेश्वर दंगालका अनुसार पराजुलीलाई घुस लिइसकेको अवस्थामा सरकारी निवासबाट पक्राउ गरिएको हो । यस विषयमा अनुसन्धान सुरु गरेको अख्तियारले जनाएको छ ।
कुन शिक्षकवाट रकम लिँदै गर्दा उनलाई पक्राउ गरिएको हो त्यो भने जानकारी दिइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा वन्यजन्तुको आक्रमणबाट ९ वर्षमा १७ बालबालिकाको गयो ज्यान
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण