कागजपत्र नभएका ४ जिप र १२ मोटरसाइकल बरामद
सारांश
- रौतहट प्रहरीले शंकास्पद अवस्थामा १६ वटा सवारी साधन नियन्त्रणमा लियो।
- प्रहरीले कागजपत्र नभएका ४ वटा जिप र १२ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो।
- नियन्त्रणमा लिइएका सवारी साधनबारे थप अनुसन्धान भइरहेको छ, एसपी रबिन कार्कीले जानकारी दिए।
रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न स्थानमा गरेको सवारी साधन चेकजाँचका क्रममा एकैदिनमा शङ्कास्पद अवस्थाका १६ वटा सवारी साधन नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको चेकिङ टोलीले जिल्लाका विभिन्न स्थानमा सवारी साधन चेकजाँच गर्दा कागजपत्र नभएको ४ वटा जिप र १२ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबिन कार्कीले जानकारी दिएका छन्।
प्रहरीका अनुसार सवारी साधनका कागजात, प्रयोगको अवस्था तथा अन्य शङ्कास्पद पक्षबारे अनुसन्धान जारी रहेको छ। पछिल्लो समय रौतहटमा चोरीको सवारी साधन बढ्दै गएको विशेष सूचनाको आधारमा प्रहरीले चेकजाँच अभियान चलाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
-
बागमती मन्त्रिपरिषद बैठक : मानव उद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण