मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

पार्टी कार्यालयमा प्रवेश नपाएपछि कांग्रेस कार्यकर्ता आक्रोशित

मङ्गलबार, २२ पुस २०८२, १२ : ०२
मङ्गलबार, २२ पुस २०८२

काठमाडौँ । पार्टी केन्द्रीय कार्यालयमा प्रवेश गर्न नपाएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताहरू आक्रोशित भएका छन् ।

आज दिउसो १ बजे सुरु हुने केन्द्रीय कार्यसमिति बैठकलाई लक्षित गरेर गेटबाटै प्रवेश निषेध गरेपछि कार्यकर्ता आक्रोशित भएका हुन् ।

उनीहरूले आफ्नो पार्टी कार्यालय छिर्न नपाएपछि गेटमा भनाभन गरेका छन् ।  महाधिवेशन विवादका कारण नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ । 

congress birod (2)

आजको बैठकमा ११ माघमा हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट दिइने उम्मेदवारी र सम्भावित चुनावी तालमेलबारे छलफल हुने बताइएको छ । 

congress birod (3)congress birod (4)congress birod (5)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप