शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

नेकपाका केन्द्रीय सदस्यहरूको शपथ ग्रहण पुस २९ गते

मङ्गलबार, २२ पुस २०८२, १७ : ४२
मङ्गलबार, २२ पुस २०८२

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्यहरूले पुस २९ गते शपथ ग्रहण गर्ने भएका छन् । 

मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको एकतामा जोडिएका प्रमुख घटकहरूको परामर्श बैठकले शपथग्रहण गर्ने निष्कर्ष निकालेको नेता अग्निप्रसाद सापकोटाले जानकारी दिए । 

बागमती प्रदेशको हकमा तोकिएको ठाउँमा उपस्थित भएर र अन्य प्रदेशको हकमा सम्बन्धित प्रदेशलाई नै जिम्मा दिएको उनले बताए ।

‘बागमती प्रदेशको हकमा केन्द्रले तोकेको ठाउँमा सथप ग्रहण समारोह गर्ने । बाहिरको हकमा प्रदेशको तोकेको ठाउँमा शपथ ग्रहण समारोह गर्ने भनिएको छ’, उनले भने ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप