शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

देश तीन महिनामा कायापलट हुँदैन : सञ्चारमन्त्री

मङ्गलबार, २२ पुस २०८२, १८ : ३०
मङ्गलबार, २२ पुस २०८२

काठमाडाैँ । अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अस्थिर राजनीतिक प्रणालीका कारण नेपालमा विकास हुन नसकेको बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मन्त्री खरेलले नेपालको राजनीतिक प्रणालीमा कुनै पनि मन्त्री वा प्रधानमन्त्रीले पूर्ण रुपमा पाँच वर्ष आफ्नो कार्यकाल पूरा गर्न नसकेको बताए । उनले यस्तो अस्थिर राजनीतिक प्रणालीबाट कायापलट गर्न सम्भव नरहेको जिकिर गरे ।

आफू मन्त्री भएको तीन महिनामा पनि कुनै चमत्कार नहुने उनको भनाइ । मन्त्री खरेलले अहिले भएका अल्झनहरुलाई सुल्झाउने काममा अझै आफू लाग्ने बताए । अबको दुई महिनामा मन्त्रालयबाट हुने कुनै पनि अल्झनमा सहयोग गर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप