मधेसका कृषिमन्त्रीको निर्देशन– कार्यान्वयन गर्न नसकिने योजनाको सूची सात दिनभित्र दिनू
जनकपुर । मधेस प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री श्याम पटेलले प्रदेशमा कार्यान्वयन गर्न नसकिने कृषि योजनाहरूको सूचि सात दिनभित्र मन्त्रालयमा पेस गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् ।
कृषि विकास निर्देशनालय जनकपुरले आयोजना गरेको ०८२/०८३ को प्रथम समीक्षा गोष्टीमा मन्त्री पटेलले आठवटै जिल्लाका कृषि ज्ञान केन्द्रका प्रमुखहरूलाई आ–आफ्नो जिल्लामा सञ्चालन गर्न नसकिने योजनाहरूको सूचि तयार पार्न भनेका हुन् ।
उनका अनुसार गत आर्थिक वर्षमा कृषि मन्त्रालयको प्रगति प्रदेश सभामा सबै मन्त्रालयभन्दा कमजोर देखिएको र योजना कार्यान्वयनको प्रगति सन्तोषजनक नरहेकाले यो कदम चालिएको हो । उनले कुन योजनामा के कारणले सुरु गर्न अप्ठ्यारो छ, त्यसको बेग्लै सूची बनाउन र कार्यान्वयनको स्थितिमा रहेका योजनाहरूलाई द्रुत गतिमा अगाडि बढाउन निर्देशन दिए ।
मन्त्री पटेलले यो आर्थिक वर्षमा कुनै पनि योजना फ्रिज हुन नदिने गरी काम गर्न कडा निर्देशन दिँदै बजेट फ्रिज भए जनताले विकास नपाउने र मन्त्रालयको प्रगति नदेखिने बताए । उनले काम गर्दा कुनै समस्या आए मन्त्रालयले हरदम सहयोग गर्ने आश्वासनसमेत दिएका छन् ।
समीक्षा बैठकमा सहभागी कृषि ज्ञान केन्द्रका प्रमुखहरूले भने जिल्लामा दरबन्दी अनुसार कर्मचारी नहुँदा काम गर्न कठिनाइ भइरहेको समस्या मन्त्रीसमक्ष राखेका थिए । बैठकमा प्रदेशको कृषि क्षेत्रमा देखिएका अन्य समस्याबारे पनि छलफल भएको जनकपुर कृषि निर्देशनालय प्रमुख जितेन्द्र यादवले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
-
बागमती मन्त्रिपरिषद बैठक : मानव उद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण