भूकम्प प्रभावित कल्पत गाउँमा ‘एक घर, एक धारा’
सारांश
- भूकम्पले पानीको मुहान सुकेपछि कल्पत गाउँमा खानेपानीको सुविधा पुर्याइयो।
- नगरपालिकाले एक घर, एक धारा निर्माण गर्यो, जसबाट स्थानीयलाई सहज भयो।
- पानी शुद्धीकरण र फोहर व्यवस्थापनका लागि पनि योजनाहरू छन्।
सुर्खेत। भूकम्पका कारण पानीको मुहान सुकेपछि खानेपानीको समस्या भोग्दै आएका जाजरकोटको नलगाड नगरपालिका–१ कल्पत गाउँमा खानेपानीको सुविधा उपलब्ध गराएको छ ।
विसं २०८० कात्तिक १७ गते रामीडाडाँ केन्द्र विन्दु बनाएर गएको भूकम्पबाट खानेपानीमा समस्या भएको थियो । हाल नलगाड नगरपालिकाले एक घर, एक धारा निर्माण गरेपछि स्थानीयवासीलाई खानेपानीको सहज भएको हो । कल्पतका १३८ घरधुरीमा ‘एक घर, एक धारा’ निर्माण गरिएको नगर उपप्रमुख देवका लामिछानेले बताइन् । श्रमदानसहित रु ५० लाख ५० हजारमा खानेपानी निर्माण भएको उनले जानकारी दिइन् ।
घर–घरमा धारा, पानी शुद्धिकरणका लागि सोलार सिस्टमसहितको वाटर डोजिङ मेसिन, इन–लाइन कोलोरेसन, लाइम–रिमुभेबल मेसिन जडान तथा हरेक घरमा शौचालय निर्माण गरिएको छ । साथै गाउँमा फोहर व्यवस्थापनका लागि दीर्घकालीन योजना पनि अघि बढाइएको छ । कल्पतमा भूकम्प जानुभन्दा पहिला सार्वजनिक धारा रहेकामा अब घर, घरमा पानीको धारा निर्माण गरिएपछि पानीका लागि सहज भएको वडाध्यक्ष धर्मेन्द्र महरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण