सुदूरपश्चिमका सबै जिल्लामा एमालेले तोक्यो नयाँ इन्चार्ज
बुधबार, २३ पुस २०८२, ०९ : १८
सारांश
- नेकपा एमालेको सचिवालय बैठकले फागुन २१ गतेको निर्वाचनलाई ध्यानमा राख्दै सुदूरपश्चिममा नयाँ जिल्ला इन्चार्ज तोकेको छ।
- निर्वाचन गतिविधि प्रभावकारी बनाउन केन्द्रीय सदस्यहरूलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ।
- जिल्ला इन्चार्जहरूले पार्टी संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन, समन्वय र निर्वाचनको तयारी गर्नेछन्।
धनगढी । नेकपा एमालेको सचिवालय बैठकले फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी सुदूरपश्चिमका सबै जिल्लामा नयाँ जिल्ला इन्चार्ज तोकेको छ। निर्वाचन गतिविधिलाई प्रभावकारी बनाउन नवनिर्वाचित केन्द्रीय सदस्यहरूलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको हो।
एमालेले कैलाली जिल्लाको इन्चार्जमा लीला भण्डारी, कञ्चनपुरमा निरू पाल, दार्चुलामा गणेश ठगुन्ना, बैतडीमा दामोदर भण्डारी, बझाङमा ऐन महर, बाजुरामा लालबहादुर थापा, डोटीमा चक्रबहादुर मल्ल, अछाममा झपटबहादुर बोहरा तथा डडेलधुरामा पठानसिंह बोहरालाई इन्चार्ज बनाएको छ।
जिल्ला इन्चार्जले पार्टी संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन, स्थानीय तहदेखि केन्द्रसम्मको समन्वय तथा निर्वाचन तयारी गर्ने जिम्मेवारी दिइएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण