मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
अपडेट

राष्ट्रियसभा उम्मेदवार चयनमा कांग्रेसका दुवै महामन्त्रीको असन्तुष्टि

बुधबार, २३ पुस २०८२, १२ : ४१
बुधबार, २३ पुस २०८२

सारांश

  • नेपाली कांग्रेसका दुवै महामन्त्रीले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयनमा असन्तुष्टि जनाएका छन्।
  • महामन्त्री गगन थापाले उम्मेदवार चयनको विषयमा फरक मत राखेका छन् भने विश्वप्रकाश शर्माले बैठक बहिष्कार गरे।
  • उम्मेदवार छनोटमा छलफल नभएको भन्दै दुवै महामन्त्रीले असन्तुष्टि व्यक्त गरेका छन्।

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गरेको उम्मेदवार चयनमा पार्टीका दुवै महामन्त्रीले असन्तुष्टि जनाएका छन् । महामन्त्री विश्वप्रकाश शर्माले उम्मेदवार चयनका लागि मंगलबार र बुधबार बोलाइएका कार्यसम्पादन समितिको बैठक बहिस्कार गरे भने अर्का महामन्त्री गगन थापाले उम्मेदवार चयनको विषयमा फरक मत राखेका छन् ।

बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकमा तालमेल, उम्मेदवार छनोटका विषयमा असहमति जनाउँदै महामन्त्री थापाले फरक मत राखेको बताएका छन् । 

‘मैले पार्टीको निर्णयमा फरक मत दर्ज गरेको छु । विधान, प्रक्रिया मिच्ने काम भएको छ’, महामन्त्री थापाले बैठकपछि सञ्चारकर्मीहरूसँग भने । थापाले समितिको बैठकमा सहभागी भए पनि विधान मिच्ने कामप्रति फरक मत राखेको बताए ।

उनले आफू र अर्का महामन्त्री शर्मालाई पेल्ने काम भएको उनले बताए । ११ माघमा हुने १८ सदस्यीय राष्ट्रियसभा सदस्यको निर्वाचनमा कांग्रेस, एमाले र जसपा नेपालले भागबन्डा गरेका छन् । कांग्रेसले ९, एमालेले ८ र जसपा नेपालले १ सिट लिएका छन् । 

उम्मेदवार छनोटमा आफूहरूसँग पर्याप्त छलफल नगरिएकाे दुवै महामन्त्रीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप