यी हुन् गठबन्धनका १८ उम्मेदवार
सारांश
- राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस, एमाले र जसपा नेपालबीच गठबन्धन भएको छ।
- कांग्रेसले ९ सिटका लागि उम्मेदवार सिफारिस गरेको छ, जसमा सुनिल थापा, चन्द्रबहादुर केसी लगायत छन्।
- एमालेले ८ जना उम्मेदवारको टुंगो लगाएको छ, जसमा रोशनी मेचे, सोम पोर्तेल, रेखा झा लगायत छन्।
काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा एमाले र जसपा नेपालबिच गठबन्धन भएको छ । सहमति बमोजिम तीन दलले उम्मेदवार तय गरिसकेका छन् ।
कांग्रेसले ९ सिटका लागि उम्मेदवार सिफारिस गरिसकेको छ । पार्टीले कोशी प्रदेशबाट अन्य क्लस्टरमा सुनिल थापालाई उम्मेदवार बनाइएको छ । उनी पार्टीका पूर्वसहमहामन्त्री र बहालवाला कार्यसम्पादन समिति सदस्य हुन् । थापाले राष्ट्रियसभामा उम्मेदवार बन्नका लागि राष्ट्रपतिको प्रमुख राजनीतिक सल्लाहकारबाट केही दिनअघि राजीनामा दिएका थिए । थापा पूर्वप्रतिनिधिसभा सदस्य र पूर्वमन्त्री पनि हुन् । उनी पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा पनि हुन् ।
त्यस्तै कांग्रेसले लुम्बिनी प्रदेशको अन्य क्लस्टरमा पार्टीका केन्द्रीय सदस्य चन्द्रबहादुर केसीलाई उम्मेदवार बनाएको छ । केसी गुल्मीका पार्टीका पुराना नेता हुन् ।
त्यस्तै कर्णालीबाट कांग्रेसले अन्य क्लस्टरमा पार्टीका कर्णाली प्रदेश सभापति ललितजंग शाहीलाई उम्मेदवार बनाएको छ ।
गण्डकी प्रदेशको अन्य क्लस्टरमा काँग्रेसले पार्टीको शुभेच्छुक संस्था प्रजातन्त्रवादी प्राध्यापक संघका सभापति जगत तिमिल्सिनालाई उम्मेदवार बनाएको छ ।
मधेस प्रदेशको अपांगता अल्पसंख्यक क्लस्टरमा काँग्रेसले नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष रञ्जित कर्णलाई उम्मेदवार बनाएको छ । कर्ण यसअघि संविधानसभामा पनि समानुपातिकबाट सांसद बनेका थिए ।
नेकपा एमालेले ८ जना उम्मेदवारको टुंगो लगाएको छ । जसअनुसार एमालेले कोशी प्रदेशमा रोशनी मेचे र सोम पोर्तेललाई उम्मेदवार बनाएको छ । यस्तै मधेस प्रदेशबाट रेखा झा, बागमतीबाट प्रेम दंगाल र गण्डकी प्रदेशमा सम्झना देवकोटाले उम्मेदवारी दिने निर्णय एमालेले गरेको छ ।
यसैगरी एमालेले लुम्बिनीमा रामकुमारी झाँक्री, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीला भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको एक नेताले बताए । उम्मेदवारहरुले आजै उम्मेदवारी दर्ता गराउँदैछन् ।
जसपा नेपालले भने महन्थ ठाकुरलाई राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा, माेदीले गरे उद्घाटन
-
रासायनिक मल सरकारको दीर्घकालीन प्राथमिकता होइन : मन्त्री चौधरी
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण